सहारा दैनिक

spot_img
Homeदेशमधेशदुई गठबन्धनका उम्मेदवारलाई चुनौती दिंदै द्विवेदी

दुई गठबन्धनका उम्मेदवारलाई चुनौती दिंदै द्विवेदी

वीरगंज, २१ कार्तिक ।
पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले आफ्नो चुनावी प्रचार प्रसारमा तिव्रता दिएका छन ।
नेपाली कांग्रेसका पुर्व सभापति समेत रहेका द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएर पर्सा क्षेत्र नं. १ बाट सत्ताधारी र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरुलाई कडा चुनौती दिंदै चुनावी अभियानमा होमिएका हुन ।
दिन भरीमा क्षेत्र नं. १ अन्तरगत विभिन्न गाउ टोल तथा वडाहरुमा आफ्नो घरदैलो तथा चुनावी सभा कार्यक्रमलाई तिव्रता दिनु भएको छ ।
द्विवेदीद्वारा भइरहेको घरदैलो तथा चुनावी सभामा सर्वसाधारणको स्वफुर्त सहभागिता तथा स्वागत भइरहेको उनका प्रचार प्रसार समितिले जनाएको छ ।
घरदैलो तथा चुनावी सभा कै क्रममा सोमवार बेलुकी वीरगंज महानगरपालिका वडा नं. १६ स्थित नगवाको दक्षिणी टोलमा आयोजना गरेको चुनावी सभामा व्यापक जनसहभागिता देखिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -