सहारा दैनिक

spot_img
Homeदेशमधेशउपेन्द्र यादवलाई यसपालीको निर्वाचन ढुंगाको चिउरा चपाए झैं हुनेः निर्वाचित पछि सप्तरी...

उपेन्द्र यादवलाई यसपालीको निर्वाचन ढुंगाको चिउरा चपाए झैं हुनेः निर्वाचित पछि सप्तरी क्षेत्र नं. २ फर्केर आएनन्, विकाशको त कुरै भएन

राजविराज, २० कार्तिक ।
राष्ट्रिय जनता पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ढुंगाको चिउरा चपाए झैं हुने भएको छ ।
जसपा अध्यक्ष्ँ यादव आफु निर्वाचित जिल्ला तथा क्षेत्र सप्तरी जिल्ला क्षेत्र नं. २ का लागी विगत ५ वर्षमा केही पनि नगरेका कारण उनलाई यसपालीको निर्वाचनमा ढुंगाको चिउरा चपाए झैं हुनुको साथै हार पनि बेहोर्नु पर्ने अवस्था सृजना भएको छ ।
सप्तरी क्षेत्र नं. २ पिछिडिएको क्षेत्र भएकाले स्थानीय जनताले पछिल्ला निर्वाचनमा अध्यक्ष यादवलाई केही गर्लाकी ? भन्ने आस र उनले पनि विकास गर्ने चर्को अस्वाशन दिएकै कारण निर्वाचित हुन सहज भएको थियो ।
तर पछिल्लो ५ वर्षमा निर्वाचित भएका क्षेत्रमा फर्केर हेर्न पनि नपुगेका यादव यसपाली पुनः सोही क्षेत्रबाट निर्वाचन लड्न पुगेका छन ।
पछिल्ला निर्वाचनमा प्रचार प्रसारका लागी पनि हिंडदा दशकौं देखी विकास नभएको सप्तरी क्षेत्र नं. २ अन्तरगतका हनुमान नगर देखी इनरुवा, भगवानपुर, कोइलाडी वरसाइन, कट्टि, सकरपुरा र बेलही हुंदै कुनौली भन्सार सम्मको बाटोमा भएका पुलहरु भत्किएका थिए भने ६० फिट चौडा सडक मर्मत सम्भार तथा पुनरनिर्माण नहुंदा १०–१२ फिट चौडाइमा मात्र सिमित रहेकै बाटो देखेका होलान ।
यस क्षेत्रका जनतालाई यीनै बाटोघाटो निर्माण लगायत विभिन्न विकाशका आस्वाशन दिएका यादवले पछिल्लो ५ वर्षमा फर्केरै नआएको अवस्थामा विकाशको त कुरै भएन । स्थानीय जनता भन्छन कुन मुखले पुनः मत माग्न आउने हुन ? लाज भए घरदैलोमा नआउलान लाजै पचाएका भए आउलान भन्ने भाषा प्रयोग गर्न थालेका छन ।
बाढि आउदा खेतीवारी र घर बगाउने खतरा कायमै छ भने कतिपय गाउ टोलमा कुनै आपतकालिन घट्ना जस्तै आगलागी र कोही विरामी परे समयमा सहज तरिकाले एम्बुलेन्श र बारुणयन्त्र समेत पुग्न नसक्ने अवस्था रहेको तिलाठी कोइलाडी गाउपालिका वडा नं. ५ का पुर्व जनप्रतिनिधि ८० वर्षीय सहदेव साहको भनाइ छ । त्यसै गरी सप्तरी जिल्ला सदरमुकाम राजविराज देखी तोपा, मनसापुर, इनरुवा हुंदै हनुमाननगर जाने मुख्य बाटोको अवस्था ४० वर्ष अघिको अवस्थामा परिवर्तन नभएको जता ततै खाल्डा खुल्डी रहेका छन । जुन बाटो दैनिक सैकडौ सवारी साधनलाई आउने जाने निर्विकल्प बाटो हो ।
सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित भएर गए पछि अध्यक्ष यादव पछिल्लो ५ वर्षमा साढे ३ वर्ष आफै उपप्रधानमन्त्री रहेका थिए भने उनकै पार्टीकी नेतृ सप्तरी जिल्ला निवासी रेणु यादव भौतिक पुर्वाधार तथा यातायात मन्त्री ५ वर्षनै रहीन तर पनि आफु निर्वाचित क्षेत्रमा सुन्य विकाश गरेका छन भने जिल्ला सदरमुकाम स्थित रहेको एक मात्र रंगशाला गौचरणमा परिणत भएको भए पनि कसैको ध्यानाकर्षण नभएको स्थानीय मनोज यादव बताउछन ।
सप्तरी जिल्लाबाट जसपाका अध्यक्ष सहित रेणु यादव र मृगेन्द्र सिंह यादव सरकारमा सहभागी भए पनि जिल्ला तथा निर्वाचित क्षेत्रका लागी खासै केही नगरेको आरोप स्थानीयहरुको छ ।
पछिल्लो ५ वर्षमा केही विकाश नगरेका अध्यक्ष यादवले यसपाली भने उपलब्धी रक्षाको मुद्दा लिएर चुनावी मैदानमा उत्रिएका छन । सप्तरी क्षेत्र नं. २ मा अध्यक्ष्ँ यादव संगै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र सत्ताधारी गठबन्धनको तर्फबाट लोकतान्त्रीक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर चुनावी मैदानमा उत्रिएका छन ।
यस पालीको निर्वाचनमा सप्तरी क्षेत्र नं. २ अन्तरगत कतिपय गाउटोलमा उपेन्द्र यादवलाई लखेट्ने योजना पनि रहेको स्थानीयहरु बताउछन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -