वीरगंज, १९ कार्तिक ।
पर्सा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मीको प्रचार प्रसारमा आम जनताको सहभागितामा वृद्धि हुंदै गएको छ ।
मनोनय तर्फ दर्तासंगै चुनावी प्रचार प्रसारमा होमिएका नेता कुर्मीको पक्षमा जनलहर ओर्लिन थालेका छन ।
प्रचार प्रसारकै क्रममा शनिवार बिहान एमाले जसपा गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार कुर्मी सहित प्रदेशसभा सदस्यका उम्मेदवार हरेराम पटेलले वीरगंज महानगरपालिका वडा नं. १० स्थितका आदर्शनगर र अडिअर्वामा घरदैलो कार्यक्रम मार्फत प्रचार प्रसार गरेका हुन ।
एमाले र जसपाका हजारौ नेता÷कार्यकर्ताहरुको सहभागितामा घरदैलो कार्यक्रमलाई तिव्रता दिंदै शनिवार आयोजना गरेको कार्यक्रममा मतदाताको घर–घरमा पुगेर जसपाका चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन ।
Facebook Comments Box