वीरगंज, १९ कार्तिक ।
पर्सा क्षेत्र नं. १ को ख मा जारी निर्वाचन लक्षित प्रचार प्रसारले तिव्रता लिएसंगै उम्मेदवारहरुले घरदैलो कार्यक्रममा होमिएका छन ।
स्वक्ष र स्वतन्त्र छवीका जनप्रतिनिधी छनौट अभियानमा रहेका आम जनतालाई मालिक होइन सेवकको रुपमा काम गर्नेलाई मतदान गर्न आग्रह गर्दै नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले घरदैलो कार्यक्रम गरेका हुन ।
आम जनताको चेतनालाई क्यास गर्ने अभियानमा जुटेका नेपाली कांग्रेसका उम्मेदवार तथा कांग्रेसका नेताहरुले भ्रष्टाचारी मुख्यमन्त्रीलाई विदा गरी स्वक्ष छवीका प्रतिनिधि चुन्न आग्रह गर्दै शनिवार वीरगंज महानगरपालिका वडा नं. ८ स्थित विभिन्न टोललमा घरदैलो कार्यक्रम गरेका छन ।
सत्ताधारी पांच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभ सदस्य उम्मेदवार कुर्मीले शनिवार आयोजना गरेको घरदैलो कार्यक्रममा कांग्रेस नेता राजेन्द्र बहादुर अमात्य, प्रकाश उपाध्याय र रविन्द्र ठाकुर सहितका प्रभावशाली नेताहरुका साथै आम जनताको सहभागितामा घरदैलो कार्यक्रम गरिएको नेपाली कांग्रेस चुनावी प्रचार प्रसार समितिले जनाएको छ ।
पर्सा क्षेत्र नं. १ को ख मा एका तिर भ्रष्टाचारमा चुर्लुम्म डुवेका जसपाका नेता एवम मधेश प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दि उम्मेदवार रहेका छन भने सत्ता पक्ष गठबन्धनबाट नेपाली कांग्रेसका प्रभावशाली एवं इमान्दार तथा जन प्रेमी नेता रामनारायण कुर्मी र स्वतन्त्र उम्मेदवारहरु शशिकपुर मिया“ र ओमप्रकाश सर्राफ चुनावी मैदानमा उत्रिएका छन ।
Facebook Comments Box