वीरगंज, १८ कार्तिक ।
एमाले–जसपाका पर्सा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मीलाई मतदाताहरु भव्य स्वागत गरेका छन ।
क्षेत्र नं. २ अन्तरगत बहुदरामाई नगरपालिका स्थित गमहरियामा स्थानीयले भ्व्य स्वागत सहित अधिवक्ता कुर्मीको घरदैलो कार्यक्रममा सहभागी भएर उनको पक्षमा मतदान गर्न आग्रह गरेका हुन ।
एमाले नेताहरु शिव पटेल लगायतका प्रभावशाली नेताहरुको सहभागितामा शुक्रवार विहान गमहरियामा गरिएको घरदैलो कार्यक्रममा स्थानीयहरु स्वफुर्त सहभागिता सहित समाज सेवी एवं स्वक्षता अभियानकर्मी समेत रहेका अधिवक्ता कुर्मीलाई जिताउन उनको पक्षमा मतदान गर्न आग्रह गरेका हुन ।
घरदैलोमा सहभागी दिपकका अनुसार स्थानीयले उम्मेदवार अधिवक्ता कुर्मीलाई श्रद्धापुर्वक स्वागत सहित विजय यात्रामा अघि बढ्न प्रोत्साहन दिएका छन ।
Facebook Comments Box
सम्बन्धित खबर