वीरगंज, १७ कार्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारमा बालबालिकाको प्रयोग हुंदा पनि निर्वाचन आयोग मौन बनेर बसेको छ ।
एका तिर आयोगले यस्तो गतिविधि गरिए कारवाही गर्ने चेतावनी जारी गरिरहेको अवस्थामा पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसियाले दिनहुं घरदैलो लगायतका कार्यक्रमहरुमा बालबालिकाको प्रयोग गर्दै आएका छन् ।
सो कार्यक्रमहरुमा बालबालिकाहरुलाई झण्डा बोकाएर चौरसियाले हाथ जोडि भोट भाग्दै गरेको दृश्यहरु सहजै देखिने गरेको छ ।
निर्वाचन आयोगले निर्वाचनको प्रचार प्रसार कार्यक्रममा बालबालिका प्रयोग गर्नु अक्षम्य अपराध भएको भन्दै राजनीतिक दलहरुलाई बालबालिका प्रयोग नगर्न निर्देशन समेत दिएको छ । कुनै पनि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न र नगराउन निर्देशन दिंदै प्रयोग गरेका पाइएमा कारवाही गरिने चेतावनी समेत दिएको छ ।
तर त्यसको ठिक उल्टो उम्मेदवार चौरसियाले गरिरहेका छन् । चौरसियाले पर्सा क्षेत्र नं. २ मा पर्ने पर्सागढी लगायतका विभिन्न स्थानहरुमा घरदैलो गर्ने क्रममा बालबालिकाहरुको प्रयोग गरेको उनि संगै घरदैलोमा सहभागी एकजनाले नाम नछाप्ने शर्तमा बताए । उम्मेदवार चौरसियाका समर्थकहरुले सामाजिक सञ्जालमा पोष्ट गरेको अधिकांश तस्बिरमै बालबालिकाले झण्डा बोकेर जुलुसमा हिँडिरहेको देख्न सकिन्छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका चौरसियाले आफनो पार्टी सरकारमा रहेकोले पनि निर्वाचन आयोगको निर्देशनलाई अवज्ञा गर्दै हिडने गरेको बताइन्छ ।
Facebook Comments Box