सहारा दैनिक

spot_img
Homeदेशमधेशवीरगंज भन्सार नेपाल–भारत एकिकृत जाँच चौकी (आइसिपि)बाटै तस्करी हुने गरेको खुलासाः करोडौ...

वीरगंज भन्सार नेपाल–भारत एकिकृत जाँच चौकी (आइसिपि)बाटै तस्करी हुने गरेको खुलासाः करोडौ मुल्य बराबरको कपडा लोड ट्रक जाँच पास नगरी निस्किने क्रममा पक्राउ

वीरगंज, १७ कार्तिक ।
वीरगंज अलौं स्थित नेपाल–भारत एकिकृत जांच चौकी (आइसिपि)लाई नै प्रयोग गरी तस्करी कार्य भइ रहेको खुलासा भएको छ ।
वीरगंज भंसार (आइसिपि)का प्रमुखले नै आइसिपिबाट बाहिरिने क्रममा जांचपास नै नभएको एक मालबाहक ट्रकलाई नियन्त्रणमा लिए पछि आइसिपि भित्रैबाट तस्करी भइरहेको खुलासा भएको हो ।
प्राप्त समाचार अनुसार केही भंसार एजेन्ट, शसस्त्र प्रहरी बल र भंसार कार्यालयका तल्ला स्तरीय कर्मचारी विचको सांठगांठको आधारमा तस्करले भारतबाट कार्तिक १० गते आइसिपिमा भित्रियाइएको १ सय २० गांठ कपडा लोड रहेको ना ७ प ८१५२ नम्बरको ट्रक विदाको मौका छोपी जांचपास नै नगरी आइसिपिबाट नेपाल तर्फ भित्रियाउन खोज्दा भंसार प्रमुखलाई आएको सुचनाको आधारमा उक्त ट्रक नियन्त्रणमा लिएको थियो ।
ट्रक नियन्त्रणमा लिए पनि चालक भने फरार भएको वीरगंज भंसार कार्यालयका प्रवक्ता दिल्लीराम सुवेदीले जानकारी दिनु भयो ।
पछिल्लो समय भंसार कार्यालय बाहेकका नाका तस्करलाई सुंपिएका शसस्त्र प्रहरी बलले यो घट्नाबाट अब आइसिपिलाई पनि तस्करहरुलाई सुंपिएर देशको ढुकुटी माथि डकैती गरेको आरोप अर्थशास्त्रीहरुको छ ।
अगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा देश अल्झीरहेको अवस्थामा सिमा सुरक्षा अर्थात सिमाक्षेत्रबाट हुने अवैध ओसार पोसार नियन्त्रणको जिम्मा लिएका सुरक्षा निकाय शसस्त्र प्रहरी बलबाट नै यसको मौका उठाउदै खुलेयाम तस्करी गराईरहेको भेटिएको हो ।
देश अहिले आर्थिक मंदीबाट पनि गुज्रिरहेको छ । अर्थको अभावमा राष्ट्र संचालनमै समस्या देखिएको अवस्थामा शसस्त्र प्रहरी बल पर्साको भ्रष्ट चरित्र उदा·िन पुगेको हो ।
राजश्व चुहावट नरोकिदा साउन महिना देखि निरन्तर राजश्व असुली प्रभावित भएको छ ।
वीरगंज भंसार कार्यालयले राजश्वको लक्ष्य पुरा गर्न नसकिरहेको अवस्थामा राजश्व चुहावट नियन्त्रणको मुख्य जिम्मा लिएको सशस्त्र प्रहरी बल नै खुलेयाम तस्करी गराईरहेको भेटिएको हो ।

समाचार श्रोतका अनुसार आइसिपि सुरक्षामा खटिएका शसस्त्र प्रहरी बलका प्रमुख शप्रनानी प्रकाश ठकुरी कै मिलोमतोमा तस्करहरुले आइसिपिलाई प्रयोग गरी यस अघि पनि पटक–पटक भारतबाट ल्याउने कपडा बोकेको मालबाहक ट्रकलाई विना जांचपास (राजस्व नतिरेर) भित्रियाउने गरेका थिए ।
तर यसपाली भंसार प्रमुखलाई नै सुचना प्राप्त भए पछि अवैध कपडा लोड ट्रक नियन्त्रणमा लिए पछि पोल खुलेको हो ।
यो घट्ना पश्चात शसस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले शप्रनानी ठकुरीलाई परिवर्तन गरेका छन ।
यस सम्बन्धमा शसस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा प्रमुख शप्रउ तेज प्रकाश पोख्रेल संग जिज्ञासा राख्दा उहाले भंसार कार्यालयले नियन्त्रणमा लिएको ट्रक हामीले सुरक्षा प्रदान गरी मुद्दा शाखा सम्म पु¥याएको बताउदै शप्रनानी ठकुरीको भने नियमित सरुवा भएको बताउनु भयो ।
श्रोतका अनुसार यो घटनामा शप्रनानी ठकुरीको प्रत्यक्ष संलग्नता रहेको बताइन्छ । भारतबाट भित्रियाईएको उक्त ट्रकमा रहेको झण्डै १ सय २० गांठ कपडाको बजार मुल्य दुई करोड भन्दा बढि हुने व्यवसायीहरु बताउ छन । न्यूनतम मुल्यांकन गरीए पनि कम्तिमा डेढ करोड हुने र त्यसको भन्सार राजस्व करिव ३०–३५ लाख हुने अनुमान एक कपडा व्यवसायीले राष्ट्रिय सहारालाई बताएका छन ।
ट्रकमा कुर्ता सुरुवाल, मंहगा साडी, सटिङ सुटिङको कपडा, रुबिया र बेडसिट लगायतको कपडा रहेको बताइन्छ ।
भंसार जांचपास नै नगरी तस्करीको समान लोड गरेको ट्रक भंसार बाहिर निकाल्न खोजेपछि भंसार कर्मचारीले सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान गरीरहेको वीरगंज भंसार कार्यालयका प्रवक्ता दिल्लीराम सुवेदीले जानकारी दिनु भयो ।
कार्तिक १० गते नियन्त्रणमा लिएको ट्रक विहिवार बिहान मात्र वीरगंज भंसार कार्यालयको मुद्दा शाखामा बुझाईएको प्रवक्ता सुवेदीले बताउनु भयो ।
यसरी भंसार कार्यालय परिसर सहित बाहिरि नाकाबाट समेत हुने तस्करी कार्यमा सशस्त्र प्रहरी बलका भंसार इकाइ देखि जिल्ला स्थित गणका साथै प्रदेश प्रमुख समेतको संलग्नता रहेको तस्कर श्रोतकै दावी छ ।
भंसार कार्यालयले नियन्त्रणमा लिएको उक्त ट्रकलाई छुटाउन ठुल–ठुला नेताका साथै शसस्त्र प्रहरी बलका उच्च पदस्थ प्राधिकारीहरु समेत प्रयास गरे पनि असफल भएको तस्कर श्रोतको दावी छ ।
६–७ दिन अघिनै नियन्त्रणमा लिइएको भए पनि उक्त ट्रक बारे गोप्य राखिएको थियो । श्रोतका अनुसार मुद्दा शाखामा गए पनि उक्त ट्रक सहित कपडा छुटाउन तस्करहरुले आर्थिक बलमा नक्कली कागजातलाई राजस्व अनुसन्धान विभाग समेतका पदाधिकारीहरुको सहयोगमा सक्कली प्रमाणित गराई अझ पनि छुठाउने प्रयासमा जुटेका छन ।
त्यसका लागी सत्ताधारी गठबन्धन दलका केही नेताहरु न्वारनको बल लगाएको बताइन्छ । पक्राउ परेका ट्रक सहित कपडा तस्करी धन्दामा ख्याती कमाएका मदन गुप्ता (रुन्चे)को रहेको बताइए पनि अधिकारीक रुपले पुष्टि भने भएको छैन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -