वीरगंज, १७ कार्तिक ।
पर्सा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवको पक्षमा मतदान गर्न आह्वान गर्दै महिला नेतृहरुले थालेको घरदैलो अभियान जारी छ ।
समाजवादी महिला संघ मधेश प्रदेशकी उपाध्यक्ष पींकी यादवको अगुवाइमा विहिवार वीमनपा वडा नं. १४ मा घरदैलो गर्दै प्रदीप यादवलाई मतदान गर्न आग्रह गरेका छन् ।
मतदातासंगको भेटमा उनीहरुले जनताकै बीचमा रहेर विकासका काममा निरन्तर लागेका व्यक्ति प्रदीप यादव मात्रै रहेकाले फेरि पनि उनलाई नै जिताउनु पर्ने भन्दै मतदान गर्न आग्रह गरेका छन ।
नागरिकताको सवालमा प्रदीप यादवले सदन र सडकमा निरन्तर आवाज उठाउदै आएको प्रदीप यादवलाई जिताउनु पर्नेमा उनीहरुले मतदातासंग आग्रह गरेका हुन ।
घरदैलो कार्यक्रममा जसपा नेतृहरु अन्नपूर्णा मानन्धर, पिंकी सिंह, प्रेरणा श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।
Facebook Comments Box