सहारा दैनिक

spot_img
Homeदेशमधेशचुनावी चर्चाः बारा क्षेत्र नं. ४ मा वाग्ले र मिया“...

चुनावी चर्चाः बारा क्षेत्र नं. ४ मा वाग्ले र मिया“ विच प्रतिस्पर्धा

कलैया, १६ कार्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लक्षित उम्मेदवारहरुले आफ्नो कार्यक्रमलाई तिव्रता दिएका छन भने आमजनतामा पनि उम्मेदवारहरु बारे मुल्यांकन हुने काम भइरहेको छ ।
चुनावी चर्चालाई मध्यनजर गर्दा बारा जिल्ला क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु बारे चलेको चर्चा अनुसार त्रिपक्षिय प्रतिस्पर्धा रहेको पाइन्छ ।
बारा क्षेत्र नं. ४ अन्तरगत प्रतिनिधिसभाका उम्मेदवारहरु सत्ताधारी गठबन्धनबाट नेकपा (एस)का उम्मेदवार किसान श्रेष्ठ, नेकपा एमाले र जसपा गठबन्धनका उम्मेदवार एकवाल मियाँ र स्वतन्त्र उम्मेदवार इच्छाराज वाग्ले विच कडा प्रतिस्पर्धा हुने स्थानीय जनतामा चलेको चर्चा हो ।
क्षेत्र नं. ४ अन्तरगत पर्ने उत्तरमा जितपुरसिमरा उपमहानगरपालिका र दक्षिणमा विश्रामपुर गाउपालिका विच रहेका विभिन्न पालिकाका मतदाताको मतलाई मुल्यांकन गर्दा तिनै उम्मेदवार एक अर्का माथि हावी भएको बताइए पनि एमाले÷जसपा गठबन्धनका एकवाल मियाँ अग्रस्थानमा रहने आंकलन गर्न थालिएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका लगायत बारा क्षेत्र नं. ४ को पालिकाहरुमा स्वतन्त्र उम्मेदवार वाग्ले र सत्तागठबन्धनका उम्मेदवार श्रेष्ठ विच कडा प्रतिस्पर्धा हुने बताइरहेको अवस्था छ भने दक्ष्ँिणी क्षेत्रको पालिकाहरुमा एमाले÷जसपा गठबन्धनका उम्मेदवार मियाँको प्रतिस्पर्धा गर्ने कोही नहुंदा उनी हावी हुने आंकलन सो क्षेत्रका वुद्धिजिवि सर्कलमा चर्चाको विषय बनेको छ ।
पाँच दलीय सत्तागठबन्धनका उम्मेदवार श्रेष्ठ बाहिरिया भएको भन्ने चर्चाले पनि उनी प्रति जनआकर्षणको कमि देखिएका छन भने सिमरा स्थित रहेको इच्छा होटलका संचालक एवं स्थानीय निवासी भएका हुनाले वाग्ले र ठेंठ क्षेत्र नं. ४ को दक्षिणी भेगका स्थानीय निवासी भएका र पछिल्लो कार्यकालमा निर्वाचित हुंदा बिकाश निर्माणकार्यमा निकै सकृय पुर्वक कार्य गरेकाले मियाँ प्रतिको आकर्षण पनि व्यापक रहेको सो क्षेत्रका जन–जनमा चर्चा चलेको छ ।
सत्तागठबन्धनका उम्मेदवार श्रेष्ठको विगत पनि समाजसेवा तथा राजनिति भन्दा उछृंखल प्रवृतिको रहेको चर्चा पनि चुनावी मंथनमा देखिएका छन । तर वाग्ले र मियाँको त्यस्तो अवान्छित गतिविधिको कुनै कृयाकलाप नभएको हुंदा यी दुई विच प्रतिस्पर्धा हुने चर्चाले व्यापक्ता पाइरहंदा सत्तागठबन्धन भित्रका लोसपाबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका जितेन्द्र सोनलको स्वक्ष छविका कारण श्रेष्ठले जनमत पाउन सक्ने आंकलन पनि गरिंदै छ ।
प्रदेशसभा सदस्यमा सत्तागठबन्धनबाट एका तिर माओवादीका अनिल श्रेष्ठ छन भने अर्को तिर लोसपाका सोनल रहेकै कारण श्रेष्ठले मतपाउने आंकलन पनि आम चर्चा चलेका छन । तर पनि वुद्धिजिविवर्गको ठम्याइ भने जे–जस्तो अवस्था देखिए पनि वाग्ले र मियाँ विचको प्रतिस्पर्धा भने हुने पक्का देखिन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -