spot_img
Homeदेशमधेशअधिवक्ता कुर्मी घरदैलोमा सकृय

अधिवक्ता कुर्मी घरदैलोमा सकृय

वीरगंज, १५ कार्तिक ।
पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका एमाले र जसपाका सांझा उम्मेदवार अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले चुनावी अभियानलाई तिब्रता दिनु भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्सा क्षेत्र नं. २ बाट एमाले÷जसपा गठबन्धनका उम्मेदवार कुर्मीले मंगलवार क्षेत्र नं. २ अन्तरगत विभिन्न स्थानमा घरदैलो कार्यक्रम गर्नु भएको छ ।
पर्सा क्षेत्र नं. २ अन्तरगत वीरगंज महानगरपालिका वडा नं. २६ स्थित सुगौलीमा एमाले र जसपाका नेताहरु सहित उम्मेदवार कुर्मीले मतदाताको घर–घरमा पुगेर आप्mनो (जसपा) को चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको हो ।
नेता कुर्मी संगै एमाले नेता शिव पटेल सहित प्रदेशसभा सदस्य उम्मेदवारका साथै स्थानीयहरुको व्यापक सहभागितामा घरदैलो कार्यक्रम गरिएको जसपा पर्सा क्षेत्र नं. २ ले जनाएको छ ।
नेता कुर्मीले मंगलवार नै क्षेत्र नं. २ अन्तरगत बहुदरामाई नगरपालिका वडा नं. २ स्थित सिसियाडि र वैरिया विर्तामा घरदैलो कार्यक्रम गर्नु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -