वीरगंज, १५ कार्तिक ।
चोरीको दुई मोटरसाइकल सहित पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं.१४ बस्ने प्रधुमन कुमार पटेलको पार्किङ गरी राखिएको अवस्थाबाट कार्तिक ७ गते चोरी भएको बागमती प्रदेश ०३–००३ प ३६७८ नम्बरको पल्सर मो.सा. सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उक्त मोसा चोरी भएको सूचना पश्चात खोजतलास तथा अनुसन्धान गर्ने क्रममा कार्तिक ११ गते सांझ साढे ५ बजे वीमनपा वडा नं. २१ परवानिपुरमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको चेकिङ टोलीले चेक जाँचको क्रममा बागमती प्रदेश ०३–००३ प ३६७८ नम्बरको मो.सा. सहित दुई जनालाई पक्राउ गरेको हो ।
मोसामा सवार पर्सा जिल्ला पटेर्वासुगौली गा.पा. वडा नं. ३ को रामजनम मुखिया र वीरगञ्ज म.न.पा.वडा नं.३१ को सुनिल दास थारूसंग बुझ्दा निजहरूले मो.सा. चोरी गरेको बुझिन आए पछि पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी कार्तिक ४ गते पर्सा जिल्ला पकाहामैनपुर गाउपालिका वडा नं.२ सुरजाहा बस्ने सोनालाल पण्डितको नाममा दर्ता रहेको बा.३७ प ३४०८ नम्बरको पल्सर मो.सा. घर अगाडी पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको सूचना पश्चात खोजतलास गर्ने क्रममा कार्तिक १० गते राती साढे ११ बजे वीरगंज महानगरपालिका वडा नं.१७ अलौ स्थित सडकखण्डमा प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले चेक जाँचको क्रममा उक्त मो.सा. फेला पारी मो.सा.मा सवार वीमनपा वडा नं. २५ को सुनिल कुमार पटेलसंग सोधपुछ गर्दा निजले मो.सा. चोरी गरेको खुल्न आए पछि पक्राउ गरी थप अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box