सहारा दैनिक

spot_img
Homeदेशमधेशमतदाताहरुले दिपावली र छठ पर्वबाट ज्ञान र विवेक आर्जन गरेरः मतदान गर्नेमा...

मतदाताहरुले दिपावली र छठ पर्वबाट ज्ञान र विवेक आर्जन गरेरः मतदान गर्नेमा विश्वस्त छु–द्ववेदी

वीरगंज, ०५ कार्तिक ।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले निर्वाचनमा मतदाताहरुले दिपावली र छठ पर्वबाट ज्ञान र विवेक आर्जन गरेर मतदान गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेस वीरगंज महानगर समितिले शनिवार माइस्थान स्थित पार्कमा शुभ दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा क्षेत्र १ का स्वतंत्रता उम्मेदवार द्विवेदीले यस्तो बताउनु भएको हो ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पर्साका पुर्व सभापति समेत रहेका द्ववेदीले हरेक मतदाताले आफू स्वयंलाई अजय द्विवेदी मानेर स्वविवेकको प्रयोग गरि मतदान गर्न आग्रह गर्नु भयो ।
आफुले दलभित्रको गुटतन्त्र, ठगीतन्त्र, नेतातन्त्रको हावी र लोकतन्त्रको अपहरणविरुद्ध जनजनको आवाज बनेर उम्मेदवारी दिएकोले मतदान गर्न आम मतदातालाई द्ववेदीले आग्रह गर्नु भयो ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नंबर १ का क्षेत्रीय सभापति अरविन्द कुमार गुप्ता, नेपाली कांग्रेस वीरगंज महानगर अध्यक्ष मणिन्द्र लाल नेपाली लगायत कांग्रेसी नेता कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको कार्यक्रममा उपस्थित पूर्व कांग्रेस नेता द्विवेदीसंग स्वतन्त्र उम्मेदवार कांग्रेसको कार्यक्रममा किन ? भन्ने संचारकर्मीको जिज्ञासामा द्ववेदीले चियापान समारोह सामाजिक सद्भाव र एकताको सन्देश दिने कार्यक्रम भएकोले कांग्रेस वीरगंज महानगर समितिले गरेको कार्यक्रममा आएको बताउदै यसलाई राजनीतिसंग जोड्न नहुने बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -