वीरगंज, ०४ कार्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधिसभार प्रदेशसभाको निर्वाचनका लागी प्रचार प्रसारमा दल तथा उम्मेदवार सकृय भएका छन ।
यसै क्रममा पर्सा क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी र नेकपा एमाले गठबन्धनका सांझा उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मीले शुक्रवार क्षेत्र अन्तरगत पर्सागढि नगरपालिकामा घरदैलो कार्यक्रम गरेका छन ।
नेकपा एमालेका नेता÷कार्यकर्ता सहित पर्सागढि नगरपालिका वडा नं. १ स्थित विभिन्न टोलका मतदाताहरुको घर–घरमा पुगेर भेटघाटका साथै आप्mना चुनाव चिन्ह छाता छापमा मतदात गर्न आग्रह गरेका छन ।
समाज सेवी, वातावरणकर्मी समेत रहेका अधिवक्ता कुर्मी संगै पर्सा क्षेत्र नं. २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार रामनरेश यादव सहित एमाले र जसपाका नेता÷कार्यकर्ताहरुको घरदैलो कार्यक्रममा सहभागीता रहेको थियो ।
Facebook Comments Box