वीरगंज, ०४ कार्तिक ।
पर्सा जिल्ला ठोरी गाउपालिकामा हात्तीको आक्रमणबाट एक यूवकको मृत्यु भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रामभोरी भठ्ठा सेन्टर गढुवा लाईन पोष्टमा करार फणित दर्जामा कार्यरत रमेश महराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
शुक्रवार दिउसो साढे ३ बजेको समयमा ठोरी गापा वडा नं.५ सुर्वणपुर स्थित कामिनी कली नामक हात्तीलाई चराएर हात्तीसारमा बांध्ने क्रममा हात्तीले आक्रमण गर्दा गम्भिर घाइते भएका बारा जिल्ला जितपुरसिमरा उमनपा वडा नं. ५ निवासी महरालाई तत्काल उपचारको लागी मेडिसिटी वयोधा अस्पताल वीरगंजमा पु¥याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उपचारको क्रममा साढे ४ बजे महराको मृत्यु भएको हो ।
Facebook Comments Box