spot_img

मेला हेरर घर फर्किने यात्रुको ओभरलोडले जिप भिरमा खस्यो, सात जनाको मृत्यु

बझाङ, कात्तिक २ (रासस)
बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या सात पुगेको छ भने १६ जना घाइते भएका छन् ।
सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप आज अपराह्न ४ बजे दुर्घटना हुँदा छ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिप दुर्घटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ । दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा गाँउपालिका–२ खेतकोटका १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् ।
दुर्घटनामा घाइते १६ जनामध्ये पाँच जनाको अवस्था गम्भीर भएपछि धनगडी रिफर गरिएको छ । घाइते हुनेमा मष्टा गाउँपालिका–२ का आठ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, चार वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा गाँउपालिका–१ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, चार वर्षीया सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।
जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

Facebook Comments Box

यो समाचार पढ्न छुट्नुभयो ?

सशस्त्र प्रहरी बलद्वारा मदन गुप्ताको दुर्गा क्यारियरको गोदाममा छापाः ५० लाख मुल्य बराबराको अवैध कपडा, काजु लगायतका सामान बरामद

सहारा संवाददाता––––––––––––––– वीरगंज, ०८ बैशाख । सशस्त्र प्रहरी बल पर्साले ५० लाख मुल्य...

पम्पम बिल्डिंगमा प्रहरीको छापा, संस्थागत तस्करी भैरहेको पुष्टी

सहारा संवाददाता––––––––––––––– वीरगंज, ०६ बैशाख । पर्सा प्रहरीले वीरगंज महावीर स्थान स्थित पम्पम...

प्रयोगशालामा म्याद गुज्रिएको केमिकल फेला प्रकरणः अन्सारीलाई सुविधा उपलब्ध गराएकोमा विरोध

सहारा संवाददाता––––––––––––––– वीरगंज, २७ चैत्र । नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल...

प्रतिक्रिया लेख्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेटस्

आगलागीबाट घर सहित लाखौंको अन्नवाली जलेर नष्ट

सहारा संवाददाता––––––––––––––– वीरगंज, ०८ बैशाख । सिमावर्ती भारतीय खेतबाट सल्केको आगोले...

अमेरिका थप नजिक रहेर काम गर्न इच्छुक देखियो–अर्थमन्त्री पुन

काठमाडौँ, ८ वैशाख (रासस) अमेरिका भ्रमणबाट आज स्वदेश फर्किनुभएका अर्थमन्त्री...