spot_img
Homeदेशमधेशघुस रकम सहित कम्प्युटर अपरेटर पक्राउ

घुस रकम सहित कम्प्युटर अपरेटर पक्राउ

वीरगंज, ३१ असोज ।
घुस रकम सहित जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ परेका छन ।
विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फांटमा कार्यरत कम्प्युटर अपरेटर संजय यादवलाई घुस रकम सहित पक्राउ गरेको हो ।
सेवाग्रहीबाट रु पाँच हजार घुस लिइरहेको अवस्थामा सोमवार जिल्ला प्रशासन कार्यालय पर्साबाटै यादवलाई रंगेहात पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार रोक्का रहेको जग्गा फुकुवा गरिदिने भनी सेवाग्राहीसँग अवैधरूपमा रकम माग गरिरहको सूचना आएपछि अख्तियारको टोलीले सो रकमसहित रंगेहात पक्राउ गरेको जानकरी दिनुभयो ।
पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको उहाले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -