spot_img
Homeदेशमधेशचुनावी चर्चाः मुख्यमन्त्री माथि लागेको आरोपको चर्चा चरम उत्कर्षमा

चुनावी चर्चाः मुख्यमन्त्री माथि लागेको आरोपको चर्चा चरम उत्कर्षमा

वीरगंज, ३० असोज ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेदवारी दिएका नेताहरु मैदानमा उत्रिएका छन ।
उम्मेदवारहरु मत माग्न मैदानमा उत्रिंदा उहाहरुको चरित्र र विगतमा गरेका काम कारवाही बारे आम जनमानसमा चर्चा पनि सुरु हुनु स्वभाविक हो ।
यसै क्रममा पर्सा जिल्लामा पनि उम्मेदवारहरु मत माग्न विभिन्न कार्यक्रम मार्फत मतदाताको घर टोलमा पुगिरहेका छन भने विभिन्न आफुहरुले विगतमा गरेका काम कारवाही र भविस्यमा गर्ने कार्यको योजना सुनाउदै हिंडेका छन ।
एका तिर उम्मेदवारहरु आ–आफ्ना योजना जनता माझ राख्दै हिंडेका छन भने आम जनमानसका साथै बुद्धिजिविवर्गमा टोल–टोल तथा चिया पसलमा उम्मेदवारहरुको कृयाकलाप बारे चर्चा पनि हुने गरेका छन ।
पर्सा जिल्ला क्षेत्र नं. १ मा प्रतिनिधीसभाका लागी सत्ता गठबन्धनबाट लोसपाका नेता लक्षमनलाल कर्ण र प्रतिपक्ष्ँी गठबन्धनबाट जसपाका नेता एवं पुर्व मन्त्री प्रदिप यादव मैदानमा उत्रीएका छन ।
त्यस्तै नेपाली कांग्रेस पर्साका प्रभावशाली एवं पुर्व सभापती अजय द्ववेदी स्वतन्त्र उम्मेदवारी दिएर दुवै गठबन्धनका उम्मेदवारहरुलाई चुनौती दिएका छन ।
त्यसै गरी क्षेत्र नं. १ को क र ख प्रदेशसभाका लागी पनि मैदानमा उत्रीएका उम्मेदवारहरु घरदैलो तथा विभिन्न कार्यक्रम मार्फत चुनावी प्रचार प्रशारमा उत्रीएका छन ।
पर्सा क्षेत्र नं. १ को ख भने अहिले चर्चाको शिखरमा रहेको छ । किन भने यहा“बाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दि पुनः उम्मेदवारी दिएका छन ।
उनी प्रतिपक्ष्ँी गठबन्धनको जसपाका उम्मेदवार हुन भने सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका समाजसेवीको रुपमा परिचित रामनारायण कुर्मी प्रदेससभाका उम्मेदवार रहेका छन ।
त्यस्तै स्वतन्त्र तर्फ मधेश आन्दोलनका संस्थापक नेताको रुपमा परिचित लोसपाका प्रभावशाली नेता शशिकपुर मिया“ चुनावी मैदानमा उत्रिएका छन ।
स्वतन्त्रबाट नै लोसपाका वीरगंज महानगर अध्यक्ष ओमप्रकाश सर्राफ पनि चुनावी मैदानमा उत्रिए पनि चर्चाको शिखरमा भने रामनारायण कुर्मी, शशिकपुर मिया“ र लालबाबु राउत गद्दि नै रहेका छन ।
आम चर्चा अनुसार पर्सा क्षेत्र नं. १ को ख मा त्रिपक्षीय प्रतिस्पर्धा हुने आंकलन गरिंदै छ ।
एका तिर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले प्रचार प्रसारका क्रममा मुख्यमन्त्री गद्दिको पछिल्लो चरित्र अर्थात भ्रष्ट प्रवृतीको भएको आरोप लगाउदै उनी प्रति अक्रामक रुपमा उत्रिएका छन ।
अर्को तर्फ मुख्यमन्त्री माथि पछिल्लो समय साइकल खरिद भ्रष्टाचार, सरसफाई तथा वातावरण योजना र छोरी विमा कार्यक्रमका साथै विभिन्न निर्माण योजनामा उनी र उनी निकटका व्यक्तिहरुले गरेका भ्रष्टाचारहरुको फेहरिस्त बारेको चर्चा आम जनमानस तथा वुद्धिजिविवर्गमा समेत चरम उत्कर्षमा पुगेको सुनिन्छ ।
आम जनमानसमा मुख्यमन्त्री गद्दि माथि लागेको आरोप बारे चर्चा हुनु उनको लागी शुभ संकेत नभएको छर्ल·ै बुभ्mन सकिने अवस्था देखिंदा नेपाली कांग्रेस पर्साका उपसभापति समेत रहेका कुर्मी र मधेश आन्दोलनका संस्थापकका रुपमा परिचित युवा नेता शशिकपुर मिया“ विच प्रतिस्पर्धा हुने चर्चा पनि उतिकै सुनिन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -