spot_img
Homeदेशमधेशजनप्रतिनिधीहरुको गैरजिम्मेवारीपनका कारणः लाठगल्लीको फोहरले डेंगु लगायत विभिन्न रोगको महामारी फैलाउने चिन्ता

जनप्रतिनिधीहरुको गैरजिम्मेवारीपनका कारणः लाठगल्लीको फोहरले डेंगु लगायत विभिन्न रोगको महामारी फैलाउने चिन्ता

वीरगंज, ३० असोज ।
मुलुक भरी डेंगु महामारीको रुपमा फैलिरहेको अवस्थामा वीरगंज महानगरपालिकाका जनप्रतिनिधीहरुको गैर जिम्मेवारीका कारण डेंगुले वीरगंजमा पनि महामारी फैलाउने अवस्था सृजना भएको छ ।
एका तिर व्यापक रुपमा लामखुट्टे बढिरहेको भए पनि औषधी छर्किने कार्य वीमनपाले नगरिरहेको अवस्था छ भने अर्को तर्फ सरसफाईमा समेत महानगरपालिका मँैन देखिएका छन ।
वीरगंज महानगरको आर्थिक केन्द्र मानिने आर्दशनगर र महाविरस्थानलाई जोड्ने ऐतिहासीक लाठ गल्लीमा देखिएको दुरदसा एवं फोहरले डेंगुको कारखाना नै निर्माण भएको स्थानीयहरु बताउछन ।
वीरगंज महानगरपालिका वडा नं. ६ र वडा नं. १० को सिमा स्थित लाठ गल्लीमा रहेको ४० फिटे नालाको दशकौं देखी सरसफाई नभएको अवस्थामा दिन प्रति दिन दुवै वडाका स्थानीयका घरघरबाट निस्किने फोहर थपिंदै जांदा अतिनै दुगन्धीत फैलिंदा डेंगुका साथै विभिन्न रोगले महामारी निम्तियाउने चिन्ताले सताइरहेको नाली संगै रहेका घर धनीहरुको गुनासो छ ।
नालीमा बगेर आउने फोहरको निकास नहुंदा र राती राती कहां कहांबाट आएर मानिसले दैनिक रुपमै फोहर फाल्दा सो क्षेत्रमा बस्नै नसक्ने अवस्था सृजना भएको देखिन्छ ।
सो क्षेत्रको दुगन्धका कारण लाठ गल्लीको बाटो समेत हिंडडुल गर्न समस्या हुने गरेको स्थानीय अविशेष सर्राफ बताउछन ।
४० फिटे नाली अतिक्रमणका कारण १०–१५ फिटमा सिमित हुन पुगेको छ भने दुई वडाको सिमामा पर्ने भएका कारण सरसफाइ समेतमा स्थानीय वडा समितिबाट पनि पहल नहुंदा स्थानीय चिन्तित छन ।
वीरगंजका निवर्तमाण वडा नं. ६ का वडा अध्यक्ष ध्रुव नेपाल सहित स्थानीयको पहलमा तत्कालिन मेयर विजय सरावगीले केही बजेट निकासा गरी स्थानीय समेतको लगानीमा लाठगल्ली क्षेत्रको नालालाई व्यवस्थित गर्ने जमर्को गरेको भए पनि निर्वाचन पछि आएका वडा तथा महानगरका जनप्रतिनिधीहरुले त्यो कार्यलाई रोकिदिएको स्थानीयहरुको गुनासो छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -