वीरगंज, २९ असोज ।
पर्सा जिल्लाको भारतसंग जोडिएको सीमा वीरगंज महानगर क्षेत्र देखी ग्रामिन भेग सम्म प्रत्येक १ देखि ३ किलोमीटर दूरीमा नेपाल प्रहरीको चौकी, चेक पवाइन्ट छ भने लगभग प्रत्येक तीन किलोमीटर क्षेत्रभित्र सशस्त्र प्रहरी बलको चेक पोईन्ट र बिओपी स्थापित रहे पनि अवैध ओसार पोसार (तस्करी) रोकिएको छैन ।
त्यति मात्र नभई यी दुबै प्रहरी संगठनको प्रधान कार्यालय, प्रदेश कार्यालयका साथै जिल्लाका समेत छुट्टाछुट्टै नाम र समूहमा घुमुवा परिचालित छन । नेपाल प्रहरीको टाइगर टोली, क्राइम टोली, सिभील घुमुवा छ भने सशस्त्र प्रहरी बलबाट पनि छुट्टै सादा पोसाकमा समुह नै परिचालित छन ।
यी दुबै संगठनबाट परिचालित प्रहरी कर्मचारीहरुले जिल्ला स्थित प्रहरी प्रमुखदेखि प्रदेश मुख्यालय र प्रधान कार्यालयका अधिकारीसम्मको लागि भनेर सेटिंग मिलाएपछि यतिखेर पर्सा जिल्लाका सबै नाका तस्करहरूको लागि खुल्ला गरिएको छ ।
भारतको सीमासंग जोडिएको पर्सा जिल्लाका विभिन्न नाकाबाट अहिले व्यापक तस्करी भईरहेको पाईएको छ । खुल्ला सीमानाकाको फाईदा उठाउदै तस्कर र प्रहरीको मिलेमतोमा सदमुकाम वीरगंजदेखि ग्रामिण भेगसम्मको नाकाबाट व्यापक तस्करी भईरहेको प्रत्यक्ष रुपमै देखिने गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल र सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत र मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायबमहानिरीक्षक मसाउद आलम खानसमेतले ग्रीन सिग्नल देखाएपछि पर्साबाट तस्करी लाइन संचालन भईरहेको तस्कर श्रोत कै दावी छ ।
वीरगंजको मुख्यनाकाबाट लत्ताकपडा र हार्डवेयरको तस्करी भईरहेको छ भने ग्रामिण भेगबाट सुपारी, मरिच, मटर, हार्डवेयर, लताकपडा, कुखुराको चल्ला र भैसीहरुको तस्करी भईरहेको देखिने गरेको स्थानीयहरु बताउछन ।
वीरगंज भन्सारको मुख्य नाकाबाट तबारक मियां, रुपेश, नरेश, आकाश वर्णवाल नामक तस्करहरुले दिउसो महिला र करिब २० जनाको साईकल समुहमा र ई–रिक्सामार्फत हार्डवेयरका सामान र कपडाको तस्करी गरिरहेका छन् ।
एका तिर राज्य ढुकुटीमा डलर अभावका कारण सरकारले दिलासिता सामानहरु आयातमा प्रतिबन्ध लगाउदा भन्सार राजस्वमा लक्ष्य पु¥याउन नसकिरहेको अवस्थामा आयात खुल्ला गरिएको सामाग्रीहरु अवैध रुपले पैठारी भइरहेका कारण देशको अर्थतन्त्रमा नै प्रभाव पारेको अवस्था छ ।
सिंगो मुलुक अर्थतन्त्र सवलीकरणका लागी प्रयासरत रहेकै अवस्थामा सिमा क्षेत्रमा खटिएका सुरक्षा निकाय भने त्यसको विपरित तस्करी कार्यलाई बढावा दिइरहेको सिमा क्षेत्रमा २४ औं घण्टा देखिने दृष्यले पुष्टि गर्छ ।
पर्साको भिस्वानाकाबाट मुन्ना जयवालको दैनिक लाखौंको अबैध कारोबार भईरहेको छ । जिल्लाको ग्रामिण भेगमा पर्ने भिस्वा नाकाबाट मुन्ना जयसवालको मरिच, छोहडा, केराउ(मटर), चाईनिज स्याउ लगायत विभिन्न कष्मेटिक सामानहरुको नेपालबाट भारत तर्फ तस्करी भईरहेको छ ।
प्रसौनीभाठ्ठाबाट र खेस्राहाबाट दिनहु भैसी र कुखुराको चल्लाको तस्करीको लाईन खुलेको स्थानीयलाई उद्दत गर्दै हाम्रा सहकर्मीले जनाएका छन ।
दिउसो छिटपुट भैंसी आए पनि रातीको समयमा प्रसौनीभाठ्ठा र खेस्राहा नाकाबाट कपडा, रा“गा भैसी, कुखुराको चल्ला लगायतका सामाग्रीहरु अवैध रुपले भारतबाट नेपाल भित्रिने गरेको बताइन्छ । भैसी तस्कर अली अहमद, कुखुरा तस्कर अनुप साह तुरहासंग दुवै सुरक्षा निकायका घुमुवाहरुले सेटिङग मिलाए पछि तस्करी लाईन खुलेको प्रहरी स्रोतले नै जनाएको छ ।
भारतबाट तस्करी भई ल्याईएको कुखुराको चल्ला पर्सामा संचालन रहेको विभिन्न कुखुरा फर्महरुमा जानेको गरेको छ ।
तस्करी गरि आएको भैसी परवानीपुर र जगरनाथपुर बजारमा जानेको गरेको छ भने भारतबाट तस्करी भई आएको कपडा वीरगंज ल्याई यहाबाट नारायणघाट, पोखरा र काठमाण्डौं पठाउने गरिएको स्रोतले जनाएको छ ।
त्यस्तै अहिले पर्सा जिल्लाको अमरपट्टी नाका पनि तस्करहरूको लागि सुगम नाका मध्येको एक मानिएको छ ।
यसैबीच पदीय दायित्व र मर्यादाविपरीत तस्करलाई सघाएको सप्रमाण उजुरी पछि बोर्डर आउट पोस्ट वीरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट छानबिनकोलागि मुख्यालय तानिएको समाचार सार्वजनिक भएको छ ।
सशस्त्र प्रहरी निरीक्षक भट्टले तस्करीको माध्यमबाट भित्रिएको सामान नियन्त्रणमा लिइ छोडेको र तस्करलाई लाईन दिएको खुलासा भएपछि बाहिनी बर्दीवास तानिएका सप्रनी भट्टलाई थप अनुसंधानको लागि मुख्यालय पठाईएको डीआईजी गणेश ठाडा मगरले बताउनु भयो ।
तर पर्सा जिल्लाबाट भैरहेको तस्करी बारे डीआईजी मगरले अनभिज्ञता प्रकट गरेका छन्, उनले भने तस्करसंग नजिकिएको प्रमाण सहितको उजुरी आएकै कारण इंस्पेक्टर भट्ट छानबिनका लागि तानिएका छन्, त्यसपछि पनि यदि तस्करी भैरहको प्रमाण फेला परे एसपी समेत पनि करवाहीमा पर्ने छन ।
आपराधिक क्रियाकलाप नियन्त्रण, सीमा क्षेत्रबाट अवैध ओसार पोसार एवं राजस्व चुहावट नियन्त्रणका लागि परिचालित संगठनबाट नै यस किसिमको तस्करी र अवैध क्रियाकलापलाई प्रोत्साहन हुनु अत्यन्त दुःखद विषय भएको बुद्धिजिवि वर्ग बताउछन ।
Facebook Comments Box