spot_img

मधेश सरकारबाट कांग्रेसका मन्त्रीहरु बर्खास्त



वीरगंज, २८ असोज ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दिले नेपाली कांग्रेसबाट मधेश सरकारमा सहभागी ३ जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका ४ जना मन्त्रीलाई बर्खास्त गरेको भोली पल्ट शुक्रवार मुख्यमन्त्री गद्दिले मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।
कांग्रेसबाट मधेश प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंहलाई शुक्रवार बर्खास्त गरेको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिबाट बुझिन आएको छ ।
उनीहरु २०७८ जेठ २६ गते मधेश सरकारमा सहभागी भएका थिए ।
सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसंग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका थिए ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर