वीरगंज, २८ असोज ।
“उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता” भन्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नारालाई नितेश फूड प्रोडक्ट प्रालिले धोती लगाई दिएको छ ।
गुणस्तरहिन उत्पादन कै कारण पटक–पटक कारवाहीमा पर्दै आएको भए पनि नितेश फूड प्रोडक्ट प्रा.लि. ले गुणस्तरहिन उत्पादन र राजस्व चुहावट कार्यलाई अझै पनि निरन्तरता दिंदै आएकाले “उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता” भन्ने नारालाई धोती लगाएको पुष्टि गरेको हो ।
खाद्यान्न लगायतका कुनै पनि उपभोग्य बस्तु बेचबिखन वा उपभोगको लागि उपभोक्तासम्म पठाउनु अघि उपभोग्य सामग्रीको प्याकेटमा वस्तुको बिक्री मूल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोग्य अवधि स्पष्ट रुपमा उल्लेख गरेर मात्र पठाउनु पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड विपरीत सो उद्योगले कुनै पनि कुरा उल्लेख नगरि काजू लगायतका उपभोग्य सामग्रीहरु उत्पादन गरी बजारमा बेचबिखनकालागि पठाउने गरेको प्रमाण फेला परेको छ ।
बाहिरबाट आयातित काजूलाई आफ्नै कम्पनीको उत्पादन भनी सो उद्योगले मूल्य, बैच नं., उत्पादन मिति र उपभोग्य अवधि केहि नखुलाई वीरगंज लगायत देशभरी बेच बिखन गरेर उपभोक्ताको स्वास्थ्य र सम्पत्ती दोहन गरेकै छ, हाकाहाकी राज्यको राजस्व समेत चुहावट गरिरहेको स्पष्ट देखिन्छ ।
केहि समय अघि पनि सो उद्योगले यसैगरी राजस्व चुहावट र उपभोक्ता हित विपरीतका उत्पादनहरू बजारमा पठाएको फेला परेपछि करवाही स्वरुप रु. ५० हजार जरिवाना समेत तिरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनु भयो ।
उहाले समाजका अगुवा भनाउदा नितेश फुड प्रोडक्टका संचालकको यो गतिविधिकै कारण वीरगंजमा मात्र नभई चितवनमा समेत दण्डित भइ सकेको छ ।
तर पनि यस्ता गतिविधिलाई निरन्तरता दिएका छन भने उजुरी परे पटकेमा पारेर थप कडा कारवाही गर्न सकिने बताउनु भयो ।
एका तिर सहायक प्रजिअले कारवाही गर्ने बताइ रहंदा अर्को तिर नितेश फुड प्रोडक्ट स्रोतले स्थानीय प्रशासन, उपभोक्ता संरक्षण कार्यालय लगायतका नियमक निकायलाई करवाहीबाट जोगिन मासिक रुपमा भेटि चढाउने गरेका कारण राज्यको राजस्व छलिसंगै उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्न हौसिएको बताउ छन ।
Facebook Comments Box