सहारा दैनिक

spot_img
Homeसमाचारड्राइपोर्ट क्षेत्रमा अर्को दुर्घटना भारतीय नागरिकको मृत्यु

ड्राइपोर्ट क्षेत्रमा अर्को दुर्घटना भारतीय नागरिकको मृत्यु

वीरगंज, २७ असोज । शुक्रवार दिउँसो वीरगंज महानगरपालिका–२४ ड्राइपोर्ट क्ष्Fेत्रमा अर्को दुर्घटना हुंदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ड्राइपोर्टको मूलगेटमा भएको दुर्घटनामा भारत बिहार, पूर्वी चम्पारण निवासी ३५ वर्षीय सन्तोष कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार कुशवाहालाई प्र २–०३–२० ख ८७८९ को लहरीले किचेपछि उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लहरी चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यसअघि आजै बिहान दुर्घटना हुंदा पोखरिया–१ निवासी बिघा रामको मृत्यु भएको थियो ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -