वीरगंज, २६ असोज ।
पर्सा प्रहरीले लागु औषध चरेस सहित दुईजनालाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ स्थित रेल्बेरोड सडकखण्डबाट चरेस सहित दुई जनालाई पक्राउ गरेको हो ।
बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई बुधवार दिउसो चेकजा“च गर्ने क्रममा पैदल यात्रु वीमनपा वडा नं. १६ बस्ने करण रायलाई रोकेर निजले पिठ्युमा बोकेको झोला चेकजा“च गर्दा ब्यागभित्र लुकाइछिपाई राखिएको लागु औषध चरेश ९ किलो ५ सय ग्राम फेला परे पछि लागु औषध ओसार पसार तथा वेचविखन कार्यमा वडा नं. १६ कै राज चौरसियाको पनि संलग्नता रहेको खुल्न आएको हुंदा खोजतलास गरी तत्काल चौरसियालाई पनि पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साढे ९ किलो चरेस सहित २ पक्राउ
Facebook Comments Box
सम्बन्धित खबर