वीरगंज, २६ असोज ।
हिन्दु स्वयंसेवक संघ नेपाल पर्साले आयोजना गरेको ७ दिने प्रथामिक शिक्षा वर्ग सम्पन्न भएको छ ।
वीरगंज श्रीपुर स्थित ओम ईन्टरनेशनल स्कुलमा आयोजित एक कार्यक्रम विच प्रथामिक शिक्षा वर्गको समापन गरिएको हो ।
संघका पर्सा जिल्ला सम्भावक ललन द्धिवेदीको अध्यक्षतामा आयोजित वर्गको समापन कार्यक्रममा प्रमुख अतिथि नेशनल प्यावसन पर्साका अध्यक्ष श्रीराम श्रेष्ठले हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।
विश्वको एकमात्र हिन्दु धर्म नै हो, जसले कसैलाई क्षति पु¥याउदैन तर हिन्दुलाई कसैले क्षति पु¥याउन खोज्छ भने, आत्म संरक्षण गर्न पूर्व तयारी गर्नुपर्ने उहाले बताउनु भयो ।
विश्वकै पहिलो हिन्दुधर्मलाई पश्चिमी मुलुकहरुले अंगिकार गरीरहेका छन, यो हिन्दुत्वको लागि गर्व हो भन्दै उहाले हाम्रो देशमा केहि व्यक्तिहरु डरलमा आफनो धर्म बेच्ने काम गरीरहेको आरोप समेत लगाउनु भयो ।
सहभागीहरुले सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले हिन्दु स्वयंसेवक संघले हिन्दुत्व संरक्षणको लागि चालेको कदम सराहनीय रहेको बताउदै प्राथमिक शिक्षा वर्गबाट प्राप्त गरेको ज्ञानलाई सदुपयोग गरी हिन्दू धर्म रक्षाको लागि काम गर्न सुझाव समेत दिनु भयो ।
कार्यक्रममा विश्व हिन्दू परिष नेपालका संगठन मन्त्री प्रहलाद रेग्मीले सम्पूर्ण हिन्दू समाजलाई हिन्दू धर्म संस्कृतिको रक्षाको लागि कांधमा कांध मिलाएर अगाडी बढ्न आग्रह गर्नुभयो ।
हिन्दु स्वयंसेवक संघको काम धार्मिक हुनसक्छ भन्दै उहाले कुनै पनि राष्ट्र र समाजको कार्य भनेको अत्यन्तै पवित्र र उदार्य कार्य हो । जसले राष्ट्र र समाजको लागि पवित्र कार्य गर्छ त्यो संगठन धार्मिक हुन्छ भन्नु भयो ।
उहाले हिन्दु स्वयंसेवक संघले देशभक्ती कार्य सिकाउछ । श्वजागरण नै देशभक्ती हो । अर्कालाई गाली गरेर राष्ट्रभक्ती देशभक्ती हुदैन । विदेशीले दिएको डलरले देशभक्ती खडा गर्न सक्दैन भन्दै रेग्मीले देशमा देशभक्ती खडा गर्न समाजको सदभावले संगठन चलाउनु त्यो संगठन नै दिर्घकालिन चल्छ भन्नु भयो ।
हाम्रो देशको संस्कृति नै हिन्दुत्व हो भन्दै उहाले नेपाल प्राचिनकालदेखि नै हिन्दु राष्ट्र हो । यसलाई जोगाउन सम्पूर्ण हिन्दु समाज संगठित हुन जरुरी छ भन्दै समाजमा देखिएको छुवाछुत, जातपातलाई पूर्णरुपमा बहिष्कार गरी सम्पूर्ण हिन्दू समाजलाई नै संगठित गरेर अगाडी बढ्नुपर्ने समेत जोड दिनु भयो ।
कार्यक्रममा बरिष्ठ समाजसेवी एवं उद्योगी अशोक बैद्यले शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए संस्कार हराउछ, संस्कार हराए राष्ट्र हराउछ र राष्ट्र हराए व्यक्ति नै हराउछ, व्यक्ति नसुध्रियसम्म राष्ट्र सुध्रिनेवाला छैन हरेक व्यक्तित्वमा हिन्दू धर्मसंस्कृतिको विकास हुन आवश्यक रहेको बताउनु भयो ।
उहाले परापूर्वककाल देखि नै नेपाल हिन्दू राष्ट्र थियो र रहने नै छ । केहि नेताहरुले आफनो स्वार्थ पुरा गर्नको लागि नेपाललाई कागजमा धर्मनिरपेक्ष ल्याएतापनि त्यसलाई पूर्णरुपमा हिन्दू राष्ट्र कागजमै उल्लेख गराएर नेपालको एकमात्र पहिचान हिन्दू राष्ट्र नेपाललाई जोगाउने बेला आएको बताउनु भयो ।
कार्यक्रममा वीरगंज महानगर प्याब्सनका अध्यक्ष आलोक चौरसिया, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवलाल राजपाल, पर्सा क्षेत्र नम्बर १ को (ख) प्रदेश सभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफ लगायतको सहभागिता रहेको थियो ।
एकसता सम्म संचालित प्राथमिक शिक्षा वर्गका सहभागी शिक्षार्थीहरुले कार्यक्रममा आ—आफनो प्रतिभा समेत प्रर्दशन गरेका थिए । कार्यक्रम अघि स्वंयसेवक संघले वीरगंजमा भव्य रुपमा पूर्ण गणवेश, हातमा दण्ड र घोष सहित पथसंचालन निकालिएको थियो ।
ओम ईन्टरनेशनल स्कुलको प्रांगनबाट निकालिएको पथसंचालन मेनरोड हुदै मुर्ली, ब्रहमचौक, नेशनल ट्रेडिङ, घण्टाघर, रानिघाट, श्रीपुर हुदै कार्यक्रम स्थलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । पथसंचालनलाई वीरगंज महानगरवासी उत्साहित भएर चोक चोकमा स्थानीय उत्साहित स्वंयसेवकहरु माथि पुष्पबर्षा गरेर भव्य रुपमा स्वागत गरेका थिए ।
हिन्दु स्वंयसेवक संघद्वारा आयोजित साताव्यापी प्राथमिक शिक्षा वर्ग सम्पन्नः हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्नु पर्नेमा बक्ताहरुको जोड
Facebook Comments Box