वीरगंज, २५ असोज ।
लागु औषध गाँजा सहित दुईजनालाई पर्सा प्रहरीले मंगलवार पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सेढवाबाट खटिएको प्रहरी टोलीले बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई चेकजाँच गर्ने क्रम्मा लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
विजयवस्तीबाट बीरगंज तर्फ जादै गरेको BR 22 K 2180 नम्बरको मो.सा. रोकेर चेकजाँच गर्दा मो.सा. को डिकी भित्र र मो.सा. चालक नन्दलाल दासले पिठ्युमा भिरेको झोला भित्र ९ किलो ३ सय ग्राम लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गाँजा सहित नियन्त्रणमा लिइएको मोसा चालक दासलाई प्रहरीले सोधपुछ गर्दा उक्त लागु औषध साथी बाघा यादवले दिएको हो भनी बताएको र तत्काल सो स्थानमा यादव आई पुगेकोले निजलाई समेत पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
सोधपुछ गर्दा दुवै जना मिली ल्याएको हो प्रारम्भिक अनुसन्धानमा बुझिएको हुंदा लागु औषध गाँजा र मो.सा. सहित निजहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागु औषध गाँजा सहित दुईजना पक्राउ
Facebook Comments Box