spot_img

मुख्यमन्त्री गद्दि भ्रष्टाचारमा लिप्त रहेको आरोप



वीरगंज, २४ असोज ।
पर्सा क्षेत्र नं. १ को (ख) बाट प्रदेशसभामा उम्मेदवारी दिएका जसपा नेता एवं मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दि भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाइएको छ ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ ले सोमवार वीरगंज स्थित रोयल पार्टी प्यालेसमा आयोजना गरेको अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने क्रममा कांग्रेसी नेताहरुले यस्तो आरोप लगाएका हुन ।
नेपाली कांग्रेसको तर्फबाट पर्सा क्षेत्र नं १ (ख) मा उम्मेदवारी दिएका रामनारायण कुर्मीलाई जिताउन रणनीति बनाउने उदेश्यले आयोजित भेलामा उपस्थित अधिकांश नेताहरूले मुख्यमन्त्री गद्दि भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका हुन ।
भेलामा मधेश प्रदेशका मुख्यमन्त्री गद्दिलाई हराउन कांग्रेसका नेता÷कार्यकर्ताहरुले तन,मन,धनले एकजुट भएर अग्रसर हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
भलामा वीरगंज महानगरपालिकाका उप–मेयर इम्तियाज आलमले मुख्यमन्त्री गद्दिलाई हराउन कुनै ठूलो चुनौती नभएको बताउनु भयो ।
उहाले मुख्यमन्त्री हुनुभन्दा पहिला नगरपालिकाको निलम्बित कर्मचारी भएको अस्मरण गर्दै प्रदेश सभामा जितेपछि मुख्यमन्त्री भएको तर यसपटक गद्दिलाई हराउन सम्पूर्ण वीरगंजबासी लागि पर्ने दावी गर्नु भयो ।
भेलामा संविधानसभा सदस्य एवं कांग्रेस नेता अनिल रुंगटा, ने.का मधेस प्रदेश सदस्य प्रेम शंकर सिंह,क्षेत्रीय सभापती अरबिन्द गुप्ता,ने.का प्रदेश १(क) सभापति अनिल सिंह, पुर्व क्षेत्रीय सभापती बिजय सरार्फ लगायत महाधिवेशन प्रतिनिधि एवं निर्वाचित वडा अध्यक्ष, बुथ सभापति लगायत अगुवा कार्याकर्ताहरुको उल्लेखनीय उपस्थित रहेको थियोे ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर