सहारा दैनिक

spot_img
Homeदेशमधेशप्रतिबन्धित २८ लाख भारतीय नोट सहित तिन महिला पक्राउ

प्रतिबन्धित २८ लाख भारतीय नोट सहित तिन महिला पक्राउ

वीरगंज, २४ असोज ।
पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोट सहित तिनजना महिलाहरूलाई पक्राउ गरेको छ ।
सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकबाट भारतीय प्रतिबन्धित नोटहरु भा. रु. २८ लाख ५६ हजार सहित तीन महिलालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले वीमनपा वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा सवारी साधन तथा पैदल यात्रीलाई चेकजांच गर्ने क्रममा भारत रक्सौल देखि वीरगंज तर्फ आउदै गरेकी नुवाकोट जिल्ला साविक गा.वि.स.शिखरवेसी वडा नं.७ बस्ने ४५ वर्षीया अनिता तामाङ र निजको साथमा आएकी धादिङ जिल्लाकी ३० वर्षीया मन्जु तामाङ आफ्नो नाम, थर, वतन बताउने महिलाले बोकी ल्याएको झोला तथा निजको शरिरको तलाशी लिंदा निजहरु मध्येका अनिता तामाङको साथबाट भा. रु.२००० दरको नोट ५५ थान, रु.५०० दरको नोट ५ हजार ३ सय ८० थान गरी भा. रु.२८ लाख, निजको साथमा आएकी मन्जु तामाङको साथबाट भा. रु. ५०० दरको नोट १ सय १२ थान गरी भ. रु.५६ हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उक्त रकमको स्रोत नखुलेको र निजहरूसंगै भारतबाट आएका नुवाकोट जिल्ला शिख्रा वेशी वडा नं.७ बस्ने वर्ष ४४ की सरिता अग्रवाल समेतको प्रतिबन्धित नोटहरू ल्याउने कार्यमा सलंग्नता देखिएको हुंदा रकम सहित निजहरूलाई शनिवार पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
शनिवार पक्राउ परेका उनिहरुलाई आवश्यक कारवाहीको लागि सोमवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -