सहारा दैनिक

spot_img
Homeदेशमधेशप्रभावशाली नेताहरुको स्वतन्त्र उम्मेदवारीः अधिकारीक उम्मेदवारहरुको गणित विथोलिने

प्रभावशाली नेताहरुको स्वतन्त्र उम्मेदवारीः अधिकारीक उम्मेदवारहरुको गणित विथोलिने

वीरगंज, २३ असोज ।
दलबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुको कारण दुवै गठबन्धन दलहरुका उम्मेदवारहरुको गणित विथोलिने अवस्था सृजना भएको छ ।
पर्सा जिल्लामा सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस र लोसपाका र प्रतिपक्षी एमाले नेतृत्व गठबन्धन दल जसपाका असन्तुष्ट नेताहरुले दिएको उम्मेदवारीका कारण अधिकारीक उम्मेदवारको गणित विथोलिने र त्रिपक्षीय प्रतियस्पर्धा हुने अवस्था सृजना भएको हो ।
एका तिर सत्ता गठबन्धनका नेतृत्वकर्ता नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पर्साका पुर्व सभापति अजय कुमार द्ववेदीको प्रतिनिधिसभा, लोसपाका प्रभावशाली एवं मधेश आन्दोलनका अगुवा नेता शशिकपुर मियाँ र लोसपा कै ओमप्रकाश सर्राफको प्रदेशसभामा स्वतन्त्र उम्मेदवारीले अधिकारीक उम्मेदवारहरुलाई धेरै नै असहज अवस्था आउने आंकलन जन–जनमा गरिन थालिएको छ ।
त्यसै गरी एमाले नेतृत्व गठबन्धन दल जसपाका केन्द्रीय नेता एवं विगतमा निर्वाचित भएका नेताहरु जन्नत अन्सारी र करिमा वेगम तथा युवा नेताहरु रुपेशमान सिंह र मुकेश द्ववेदीको प्रदेशसभा सदस्यमा परेको उम्मेदवारीले जसपाका अधिकारीक उम्मेदवारहरुको गणित असफल हुने अवस्था उत्पन्न भएको आम चर्चा छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -