spot_img
Homeदेशमधेशपर्साबाट दुवै गठबन्धनबाट उम्मेदवारी दर्ता, असन्तुष्टहरुले निम्त्याए त्रिपक्षीय प्रतियसपर्धा

पर्साबाट दुवै गठबन्धनबाट उम्मेदवारी दर्ता, असन्तुष्टहरुले निम्त्याए त्रिपक्षीय प्रतियसपर्धा

वीरगंज, २३ असोज ।
नेपाली कांग्रेस नेतृत्व सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्व प्रतिपक्षी गठबन्धनको तर्फबाट पर्सा जिल्लाका सबै प्रतिनिधि सभा र प्रदेश सभाका लागी उम्मेदवारी दर्ता भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी आइतवार पर्सा जिल्लामा दुवै गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन भने दुवै गठबन्धन दलहरु विचको आपसी द्वन्द तथा टिकट नपाएर असन्तुष्ट भएका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेर दुई पक्ष्ँीय प्रतिस्पर्धालाई त्रिपक्षीय बनाउने अवस्था सृजना गरेका छन ।
पर्सा जिल्लामा सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (ए.समाजवादी) र लोसपा गठबन्धनको तर्फबाट क्षेत्र नं. १ मा लोसपा नेता लक्षमण लाल कर्ण, २ बाट कांग्रेस नेता अजय चौरसिया, ३ बाट कांग्रेस नेता सुरेन्द्र चौधरी र ४ बाट कांग्रेस नेता रमेश रिजालले प्रतिनिधि सभाका लागी उम्मेदवारी दर्ता गराएका छन ।
त्यसै गरी नेकपा एमाले र जनता समाजवादी पार्टी गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं. १ बाट जसपा नेता एवं वन मन्त्री प्रदीप यादव, क्षेत्र नं. २ बाट जसपा नेता अधिवक्ता सुरेन्द्र कुर्मी, क्षेत्र नं. ३ बाट नेकपा एमालेका नेता एवं संविधानसभा सदस्य राजकुमार गुप्ता र क्षेत्र नं. ४ बाट नेकपा एमाले नेता जालिम मिया“ले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा तर्फ कांग्रेस नेतृत्व गठबन्धनबाट पर्सा क्षेत्र नं. १ को (क) बाट कांग्रेसका रामनारायण कुर्मी, क्षेत्र नं. १ को (ख) बाट माओवादी नेता रहबर अन्सारी, क्षेत्र नं. २ को (क) बाट कांग्रेसका श्याम पटेल, क्षेत्र नं. २ को (ख) बाट लोसपा नेता रमेश पटेल, क्षेत्र नं. ३ को (क) बाट कांग्रेसका जनार्दन सिंह क्षेत्री र सत्ता गठबन्धन दल नेकपा (एस) कै तर्फबाट प्रहलाद गिरीले पनि उम्मेदवारी दिएका छन भने क्षेत्र नं. ३ को (ख) बाट माओवादीबाट छोटेलाल यादव र क्षेत्र नं. ४ को (क) बाट कांग्रेसका शंकर चौधरी, क्षेत्र नं. ४ को (ख) बाट शेषचान्द ताराले उम्मेदवारी दर्ता गराएका छन ।
यसरी नै एमाले नेतृत्व गठबन्धन तर्फबाट प्रदेश सभाका लागी पर्सा क्षेत्र नं. १ को (क) बाट बिचारी यादव, क्षेत्र नं. १ को (ख) बाट जसपा नेता एवं मुख्यमन्त्री लालबाबु राउत गद्दि, क्षेत्र नं. २ को (क) बाट जसपा नेता रामनरेश यादव, क्षेत्र नं. २ को (ख) बाट हरेराम पटेल, क्षेत्र नं. ३ को (क) बाट जसपाका मन्जुर अन्सारी, क्षेत्र नं. ३ को (ख) बाट जसपाको तर्फबाट भ्रष्टाचार आरोपी हरी नारायण रौनियारकी छोरी डा. मधु गुप्ता, क्षेत्र नं. ४ को (क) बाट एमालेबाट जयप्रकाश थारु र क्षेत्र नं. ४ को (ख) बाट जसपाका सिंहासन साहले उम्मेदवारी दर्ता गराएका छन ।
उम्मेदवारी दर्ता कै क्रममा नेपाली कांग्रेसबाट टिकट नपाएर असन्तुष्ट नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय द्धिवेदीले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधीसभा सदस्यका लागी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यस्तै जसपाबाट असन्तुष्ट नेताहरु करिमा वेगम,जन्नत अन्सारी, युवा नेता मुकेश द्विवेदी र रुपेशमान सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।
टिकट नपाएरै असन्तुष्ट लोसपाका केन्द्रिय सदस्य शशीकपुर मियाँ र लोसपा वीरगंज महानगर अध्ध्यक्ष ओम प्रकाश सर्राफले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -