वीरगंज, २३ असोज ।
प्रभु हस्पिटल वीरगंजले आफनो तेस्रो स्थापना दिवसको अवसरमा विरामिलाई ५० प्रतिशत ओपिडि छुट सहितको साताव्यापी कार्यक्रमहरु गर्ने भएको छ ।
स्थापना दिवसको अवसरमा प्रभु हस्पिटलले वृक्षा रोपण, शैक्षिक सामाग्री वितरण, पाठेघर क्यान्सरको जचेतना सहित रक्तदान कार्यक्रम लगायतको कार्यक्रमहरु आयोजना गर्ने जनाएको हो ।
यसै क्रममा आइतवार वृक्षारोपण कार्यक्रम गरेको हस्पिटलले सोमबार न्यूरो ओपिडी, मंगलबार अर्थो, बुधबार पेडिया डेन्टिरस, विहिबार फिजिसियन कार्डो, शुक्रबार गाईनो र सर्जन ओपिडिमा ५० प्रतिशत छुट सहितको सुविधा विरामीहरुका लागी उपलब्ध गराउने जनाएको छ ।
स्थापना दिवसको अवसरमा पाठेघरको क्यान्सर र असन्तुलित हर्मोन सम्बन्धी जनचेतनाको साथै चाडपर्व र डेंगु रोगको प्रकोपलाई लक्ष्ति गरी शनिवार वृहत रक्तदान कार्यक्रम गरिने हस्पिटलका संचालक डा. मनोज गुप्ताले जानकारी दिनु भयो ।
उमेर बढेसंगै महिलामा हुने असन्तुलित हर्मोनको कमि र पाठेघरको क्यान्सरबारे मधेश प्रदेशमै जनचेतनाको कमि भएकाले त्यसबारे जानकारीका लागी जनचेतना लगायतको कार्यक्रम गर्न लागेको हस्पिटलकी बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाले जानकारी दिएकी छिन् ।
स्थापना दिवसको अवसरमा आइतवार हस्पिटल अगाडी आयोजित वृक्षारोपण कार्यक्रममा वडा नं. ८ का पुर्व वडा अध्यक्ष राजकिशोर गुप्ता, हालका वडा सदस्य गफार अन्सारी, टोल सुधार समितिका अध्यक्ष संजय श्रीवास्तव, मिना बजार सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बासुदेव सहनी, उपाध्यक्ष प्रवेश सरार्फ, कोषाध्यक्ष रामाधार सरार्फ, सामाजिक अभियन्ता दिलिप राज कार्की लगायतको उपस्थिति रहेको थियो ।
स्थापना दिवसको अवसरमा विरामिलाई ५० प्रतिशत छुट
Facebook Comments Box