spot_img

नेपाल समता समाज पर्सा गठन



वीरगंज, १५ असोज ।
दलित माथिको विभेद अन्त्य र दलित समुदायको विकासमा योगदानको उदेस्यले नेपाल समता समाज पर्सा गठन भएको छ ।
समाजमा बिधमान रहेको दलित माथिको विभेद अन्त्य र दलित समुदायको समग्र बिकासको लागि योगदान गर्नका निम्ति नेपाल समता समाज पर्सा गठन भएको हो ।
रास्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालयमा विभिन्न क्षेत्रमा कार्यरत दलित अगुवाहरुको भेलाले चन्द्रकिशोर रामको संयोजकत्वमा समता समाज गठन गरेको हो ।
रास्ट्रिय दलित संघ पर्साको सल्लाहकार बृजलाल पासवानको अध्यक्षतामा आयोजित भेलाले गठन गरेको समाजको सचिवमा बालकिशोर राम रहनु भएको छ भने सल्लाहकारमा रबिभुषन राम , वृजलाल पाशवान, राजेश राम र ध्रुव राम रहेको जनाइएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर