spot_img
Homeसमाचारजीप दुर्घटना हुँदा २ को मृत्यु, १७ जना घाइते

जीप दुर्घटना हुँदा २ को मृत्यु, १७ जना घाइते

दाङ , १५ असोज ।
सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १७ जना घाइते भएका छन् ।
सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका–७ जिमालीमा दुर्घटनामा भएको हो ।
दुर्घटनमा परी मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए । दुवैजनाको घटनास्थलमा मृत्यु भएको हो ।
जीप उकालो सडकमा ब्याक गर्ने क्रममा पल्टिएर १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
गत बुधवारमात्रै सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।
बाँकेको कोहोलपुरबाट सल्यानका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका– ३ मुलपानीमा दुर्घटना परेको थियो । दुर्घटनमा ८ जनाको घटनास्थल र एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो । साभारः अनलाईनखबरडटकम

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -