वीरगंज, १४ असोज ।
वीरगंज महानगरपालिका वडा नं. १० रानिघाट स्थित एक मशाला उद्योगमा भीषण आगलागी भएको छ ।
वीमनपा वडा नं. १० रानिघाटस्थित कुमारी माई मन्दीर नजिकै रहेको प्रभु प्रसाद कलवारको रम्भा मशाला उद्योगमा विद्युत सर्ट भई आगलागी हुंदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।
शुक्रबार विहान दुई बजे बिजुली सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीका कारण उद्योगमा रहेको कच्चापदार्थ उत्पादित मसाला लगायतका करिब रु. ५० लाखको समान जलेर नष्ट भएको पिडितले जनाएका छन् ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिल्लीराज सापकोटाको नेतृत्वमा रहेको प्रहरी टोली, स्थानीयवासी र वीरगंज महानगरपालिकाको बारुण यन्त्र सहित ६ वटा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उद्योग धनीले आगोले जलेर करिब ५० लाखको क्षति भएको दाबी गरेपनी यकिन बिवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले बताउनु भयो ।
मशाला उद्योगमा आगलागी
Facebook Comments Box
सम्बन्धित खबर