सहारा दैनिक

spot_img
Homeसमाचारदेशको धर्म, संस्कृती र सभ्यता माथी घातक प्रहार हुंदै आएको छ–पुर्व राजा

देशको धर्म, संस्कृती र सभ्यता माथी घातक प्रहार हुंदै आएको छ–पुर्व राजा

वीरगंज, १४ असोज ।
पूर्व राजा ज्ञानेन्द्र शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा बडादशैंको शुभकामना दिनु भएको छ ।
पुर्व राजा शाहले शुक्रवार भिडियो मार्फत दिनु भएको शुभकामनामा समाजमा सत्य स्थापित गर्ने, सदभाव जागृत गर्ने र दानवी तात्पर्य नष्ट गर्ने दशैं पर्वको आदर्श रहेको उल्लेख गर्नु भएको छ ।
हाम्रो संस्कार र व्यवहारमा दशैं मनाउदा विद्यमान पद्धति र जीवनप्रकृतीको गहिरो दृष्टि हेर्दै जानू पर्छ । शान्ती होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस् दशैं पर्वको यहि आसय हो भन्नु भयो ।
उहाले शुभकामना सन्देशमा सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने बताउदै पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको भन्नु भएको छ ।
आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेन छ । त्यसैले बलियो मियोमा आबद्धभएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ सन्देशमा भनिएको छ ।
उहाले नेपाल देशी विदेशीहरूको क्रीडाभूमि भएको जनगुनासो रहेको उल्लेख गर्दै नेपाल निरन्तर देशी विदेशीहरूको क्रीडाभूमि पनि भयो भन्ने जनगुनासो छ ।
त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुन्नत सक्षम र समृद्धिको पुनःनिर्माणमा ध्यान दिनु देखिन्छ । नेपाललाई फेरि महान बनाउनु परेको छ पूर्वराजा शाहले शुभकामना सन्देशमा भन्नु भयो ।
अफ्नै देशमा मौका नभएर हो की वा नखोजेर हो रोजगार र कमाउन भनेर दिनहु हजारौको संख्यामा नेपाली युवा युवती विदेशि रहेका छन । एका तिर होनहार नागरिकहरु बाहिर गैर भुभाग र हामीलाई उजार पारी रहेका छन भने अर्का तिर बाहिरियाहरुलाई भित्रियाउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्च प्रति चासो र चिन्ता बढेको सन्देशमा भन्नु भएको छ ।
उहाले विश्वका दुई ठुला मुलुकका विचमा अवस्थिति हाम्रो देशको धर्म संस्कृती सभ्यता माथी केही समय यता घातक प्रहार हुंदै आएको उल्लेख गर्दै डेढ दशकको राजनितिक अभ्यासले क्रसकनेक्शनको अपरिहार्यता सिद्ध गरेको सन्देशमा भन्नु भएको छ । हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन स्थितीमा छ । हाम्रा मौलिक, धार्मिक, सांस्कृतिक मान्यताहरु विस्थापित गर्ने क्रमलाई तिब्रता दिएको उल्लेख गर्नु भयो ।
पूर्वराजा शाहले हाम्रा कुनै कार्यले देशले कहिल्यै हार्न नहुने उल्लेख गर्दै व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुंदैन । राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुंदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् शुभकामना सन्देशमा उल्लेख गर्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -