काठमाडौँ, १३ असोज (रासस)
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ समाजवादीद्वारा विभिन्न पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाले राजनीतिक र प्रशासनिक क्षेत्रमा भइरहेका भ्रष्टाचारले अन्तर्राष्ट्रिय तहमा नेपालको छवि नकारात्मक बनेको बताउनुभयो ।
राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिष्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको उहाको भनाइ थियो । अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृत्ति देखिएको छ । यी सबै चिजबाट होसियार हुनुपर्छ, उहाले भन्नुभयो, हाम्रो मुख्य उद्देश्य नै समाजवाद हो । सबै खालका विभेद, अन्याय अत्याचार, अन्त्य गर्नुपर्छ । त्यसका लागि शक्ति निर्माण गर्नुपर्छ ।
पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राज्यका हरेक तहमा महिला प्रतिनिधित्व वृद्धि गर्न र आसन्न चुनावमा उनीहरुको उम्मेदवारी बढाउन माग गर्नुभयो ।
राजनीतिमा फैलिएको भ्रष्टाचारको रोग–अध्यक्ष नेपाल
Facebook Comments Box