जनकपुरधाम, १३ असोज ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग वर्दिवासले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ३२औ“ वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आयोगका प्रमुख गोपालकुमार अधिकारीले प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन पेश गर्नु भयो ।
आयोगले पेश गरेको प्रतिवेदन मधेस प्रदेश प्रमुख मिश्रले विहिवार नै सार्वजनिक गर्नुभयो ।
सार्वजनिक गरिएको प्रतिवेदनमा मधेस प्रदेशमा २४.२५ प्रतिशत उजुरी दर्ता भएको उल्लेख छ । गत आवमा ९ सय १५ उजुरी दर्ता भएकामा सबैभन्दा बढी धनुषा जिल्लाको रहेको उल्लेख छ ।
गत आवमा वर्ष धनुषा जिल्लाबाट मात्र ३ सय ३९ उजुरी परेका थिए ।
प्रतिवेदनमा आव २०७७÷७८ बाट फछ्र्यौट गर्न बा“की १ हजार १ सय ९६ र २०७८÷७९ मा परेका ९ सय १५ मुद्दामध्ये १ हजार १ सय ९६ मुद्दा गत आवमा फछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।
आव २०७८÷७९ को फछ्र्यौट गर्न बा“की ९ सय १५ मुद्दा र यस आवमा परेका ३ सय १५ मुद्दामा पनि अनुसन्धान अघि बढिसकेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
मधेस प्रदेशका चार जिल्लासहित नौवटा जिल्ला कार्यक्षेत्र रहेकामा चालु आवको साउन र भदौ महिनामा तीन सय १५ उजुरी परेको आयोग कार्यालय प्रमुख अधिकारीले जानकारी दिनु भयो ।
धनुषा, महोत्तरी, सर्लाही, सिराहा, प्रदेश नं १ को खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र बागमती प्रदेशको रामेछाप र सिन्धुली जिल्लाबाट दुई महिना मै ३ सय १५ उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
आयोगद्वारा प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेशः सबै भन्दा बढि उजुरी धनुषाबाट
Facebook Comments Box