वीरगंज, १२ असोज ।
पर्सा प्रहरीले पछिल्लो ३ दिनमा लागु औषध सहित दस जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका इकाईहरुले पछिल्लो ३ दिनमा विभिन्न लागु औषध सहित १० जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका वडा नं. ३१ मिलनचोक स्थित सडकखण्डमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा सार्वजनिक टेम्पुबाट ५ किलो ९ सय ग्राम लागु औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले जितपुरबाट विरुवागुठीतर्फ जांदै गरेको प्रदेश २–०३–००१ ह ९७५ नम्बरको सार्वजनिक टेम्पुलाई रोकेर चेकजाँच गर्दा टेम्पुमा मकवानपुर जिल्ला राक्सिराङ गा.पा. वडा नं. १ को सिमोन चेपाङको जेब्रा झोला भित्र अवैध लागु पदार्थ (गाँजा) फेला परेको र निजसंगै रहेकी निजकी श्रीमती भनिएकी मकवानपुर कैलाश गा.पा. वडा नं. ८ सितामाया प्रजा र सिमोन चेपाङको वहिनी भनिएकी मकवानपुर कैलाश गा.पा. वडा नं. ८ हाल जि.चितवन राप्ति न.पा. १ इन्द्र माया चेपाङको प्रारम्भिक अनुसन्धानमा लागु औषध (गाँजा) ओसार पोसारमा संलग्नता देखिए पछि तिनै जनालाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १४ गण्डकस्थित सडकखण्डबाट विभिन्न लागु औषध सहित ५ जनालाई पक्राउ गरेको छ ।
जिप्रकाको टोलीले सोमवार वीरगंज पावरहाउस चोकबाट परवानिपुर तर्फ जांदै गरेको ना १ घ २८२३ नम्वरको सार्वजनिक ई–रिक्सालाई रोकेर चेकजांच गर्दा ई–रिक्सामा सवारहरुले लुकाइ छिपाइ कपडाको झोला भित्र राखिएको अवस्थामा अवैध लागु औषध ल्ष्तशबअबचभ ट्याब्लेट ३०० पत्ताको, डाईजेपाम १७०० एम्पुल, फेनारगन १७०० एम्पुल, नुफिन १७०० एम्पुल फेला परेको जनाइएको छ ।
उक्त लागु औषध फेला परे पछि इ–रिक्सामा सवार बारा जिल्ला जितपुरसुमरा उमनपा वडा नं. १ को उत्तम आचार्य, अरूण राई, काठमाण्डौ चन्द्रगिरी गा.पा. ४ थानकोटको सुविन श्रेष्ठ, भारत मोतिहारी जिल्ला थाना भेलाही घर भई हाल वी.म.न.पा वडा नं.१६ बस्ने ओम प्रकाश महतो र बारा जिल्ला जितपुरसिमरा उमनपा वडा नं. ३ को प्रदिप बोहरा क्षेत्रीलाई पक्राउ गरेको जिप्रकाले जनाएको छ ।
त्यस्तै ठोरी गा.पा.वडा नं. २ स्थित सडकखण्डबाट ईलाका प्रहरी कार्यालय ठोरीले त्जयचष् ःभतचय सुवर्णपुर–काठमाण्डौ चल्ने ना ६ ख ४०१ नम्बरको रात्रि बसको क्याविनको सिट मुनि प्लाष्टिकमा बेरेर लुकाइछिपाई राखिएको अवस्थामा अवैध लागु औषध ल्क्ष्त्च्ब्ख्ब्त् ४५०० ट्याब्लेट सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले लागु औषध फेला परे पछि बसका चितवन जिल्ला माडी न.पा. वडा नं. ८ निवासी चालक लाल बहादुर सुनार र सहचालक बासुदेव दर्जीलाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
लागु औषध सहित पक्राउ परेकाहरुलाई जिल्ला अदालत पर्साबाट पक्राउ सहमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विभिन्न लागु औषध सहित १० जना पक्राउ
Facebook Comments Box