वीरगंज, ११ असोज ।
सशस्त्र प्रहरी बल पर्साले सोझा साझा व्यापारीलाई ऐन र तस्करलाई चयनको निति लिएका छन ।
सिमा सुरक्षाको पुर्ण जिम्मेवारी लिएर खटिएका सशस्त्र प्रहरी बल पर्साका युनिटले अहिले सिमा नाकाबाट हुने अवैध चोरी पैठारी, राजस्व छली जस्ता क्रियाकलापलाई प्रोत्साहित गरिरहेको बताइन्छ ।
अवैध ओसार पोसार नियन्त्रणको प्रमुख दायित्व बोकेर परिचालित त्यो पनि देश कै प्रमुख नाका मानिएको वीरगंज–रक्सौल विचको मुख्य नाकामा परिचालित बोर्डर आउट पोष्ट भन्सार कै संरक्षणमा तस्करी भइरहेको जो कोहीले सहजै देख्न सकिने दृष्यहरु २४ घण्टा नै देखिन्छ ।
अवैध ओसार पोसार नियन्त्रणको जिम्मेवारी दिई परिचालन गरेको सशस्त्र प्रहरी बलकै संरक्षणमा यतिखेर पर्सा जिल्लाको सबै नाकाबाट तस्करी लाईन सुचारु रहेको पाइएको छ ।
केहि समय अघिसम्म लुकिछिपी रात्रीको समयमा हुंदै आएको तस्करी कार्य अहिले २४ सै घण्टा सुचारु रहेको देखिन्छ ।
नेपालको मुख्य प्रवेशद्वार भंसारको मूलगेट अर्थात् बिओपी वीरगंज भन्सारको नाकै मुनिबाट तस्करहरुले भरिया मार्फत लत्ताकपडा, किराना सामग्री, हार्डवेयर, मोटर पार्ट्स लगायतका सामग्री हकाहाकी नेपाल भित्रियाउने गरेका छन् ।
सशस्त्र प्रहरी बल बिओपी वीरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र भट्टकै सहयोगमा तस्करहरुले बिओपीको अगाडी र पछाडीको बाटो प्रयोग गरी सिमावर्ती भारतीय सहर रक्सौलबाट दैनिक करोडौ मुल्य बराबरको समाग्रीहरु भन्सार छली गरी अवैध रुपले नेपाल भित्रियाउने गरेको दृष्यहरु सहजै देखिन्छ ।
हुन त सदरमुकाम वीरगंजको नाकाहरु इनर्वा गाउ, सिर्सिया, छपकैया मात्र नभई ग्रमिन भेगका नाकाहरु अम्मरपट्टि, धोरे, भिस्वा, भिखमपुर, जानकी टोला र ठोरी नाकाहरूबाट पनि तस्करहरूले इतिहासमै कहिल्यै नदेखिएको तस्करी कार्य सशस्त्र प्रहरी बलकै सहयोग गरिरहेको तस्कर श्रोतकै दावी छ ।
सशस्त्र प्रहरी बलका साथै नेपाल प्रहरीको समेत सहयोग प्राप्त गरे पछि तस्करहरुले अहिले मोटरसाइकल, पिकअप र टेम्पोमा निर्विवाद रुपले भारतीय कपडा लगायतका सामानहरु ओसार्ने गरेका छन् ।
तस्कर वृतमा सशस्त्र प्रहरी निरिक्षक अहिले सम्म कै इतिहासमा सबै भन्दा लिबरल अर्थात तस्करी कार्यलाई प्रोत्साहन गर्ने तस्कर मुखी अधिकृत भनी चर्चा छ । झण्डै ४५ दिन अघि मात्र सशस्त्र प्रहरी बल बिओपी वीरगंज भन्सारमा हाजिर भएका सप्रनि भट्टले नै जिल्ला र प्रदेश प्रमुख सम्मको जिम्मेवारी लिएर तस्करहरुबाट डिल गरी तस्करी कार्यलाई संरक्षण गरिरहेको सशस्त्र प्रहरी बल श्रोतकै दावी छ ।
यसरी सिमा क्षेत्र नै तस्करलाई सुम्पि दिंदा पनि सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर र सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल मौन धारण गरी बस्नुले सप्रनि भट्टलाई उनिहरुको पनि संरक्षण छ की भन्ने प्रस्न अनुत्रित छ ।
एका तिर लक्ष्य बमोजिम राज्यको राजस्व उठ्न नसकेको अवस्थामा देशको अर्थतन्त्र धारासायी भइरहेको बेला यसरी सिमानाका तस्करलाई सुम्पेर सशस्त्र प्रहरी बल पर्साका युनिटले निचता प्रस्तुत गरेका छन ।
अर्को तिर यी नै सशस्त्र प्रहरी बलले महंगीले थलिएका नेपाली जनताले दुई रुपैया सस्तोको लोभमा सिमावर्ती भारतीय सहरमा घरायसी प्रयोजनको लागी किनमेल गरी फर्कीने क्रममा भने सशसत्र प्रहरी बलको महान्ता र इमान्दारी पनि सहजै देखिने गरिन्छ ।
पर्सा जिल्लाको सिमानाका तस्करको हातमाः सशस्त्र प्रहरी बल नै संरक्षक भए पछि निर्विवाद तस्करी
Facebook Comments Box
सम्बन्धित खबर