सहारा दैनिक

spot_img
Homeदेशमधेशसत्ता गठबन्धनबीच सिट बांडफांटमा सहमतीको चर्चाः पर्सोली कांग्रेसीमा निरासा र आक्रोस, एमालेमा...

सत्ता गठबन्धनबीच सिट बांडफांटमा सहमतीको चर्चाः पर्सोली कांग्रेसीमा निरासा र आक्रोस, एमालेमा उत्साह

वीरगंज, ११ असोज ।
सत्ता गठबन्धनबीच सिट बांडफांटको क्रममा पर्सा जिल्लाको प्रतिनिधीसभा निर्वाचन क्षेत्रको बांडफांट बारे सार्वजनिक भएको समाचारले कांग्रेसीमा निरासा छाएको छ भने नेकपा एमालेमा उत्साह देखिएको छ ।
सत्ता गठबन्धन विच सहमती जुटेको क्षेत्र र जिल्ला अन्तरगत पर्सा जिल्लाका प्रतिनिधीसभाको ४ निर्वाचन क्षेत्र मध्ये ३ जनता समाजवादी पार्टीले पाउने छन भने कांग्रेसले १ क्षेत्र पाउने सार्वजनिक समाचारले कांग्रेसीहरुमा निरासा बढेको छ भने नेकपा एमाले र जसपामा उत्साह देखिएको हो ।
सत्ता गठबन्धन दलहरु विच सिट बांडफांडका लागी जारी छलफलमा मधेश प्रदेशको पर्सा जिल्लाका ४ निर्वाचन क्षेत्र मध्ये १,२ र ३ जसपालाई र क्षेत्र नं. ४ नेपाली कांग्रेसलाई दिने सहमती जुटेको भनी विभिन्न संचार माध्यममा समाचार आएका छन ।
असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको छ भने असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमति नजिक पुगेका छन ।
सिट बांडफंटमा सार्वजनिक समाचार अनुसार नै हुने हो भने गठबन्धनको तर्फबाट पर्सा जिल्लाका क्षेत्र नं. १ बाट सांसद तथा जसपाका नेता एवं वन तथा वातावरण मन्त्री प्रदीप यादवको उम्मेदवारी पर्ने छ भने क्षेत्र नं. २ बाट लोसपा त्यागेर जसपा प्रवेश गरेका स्वक्ष छवी मानिएका अधिवक्ता सुरेन्द्र कुर्मीको उम्मेदवारी पर्ने चर्चा व्यापक छ ।
त्यसैगरी क्षेत्र नं. ३ बाट भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित भएका हरिनारायण रौनियारकी छोरी डा. मधु गुप्तालाई जसपाबाट टिकट पाउने पनि चर्चा उतिकै छ ।
केन्द्रको यस्तो सहमतीले नेपाली कांग्रेसका पर्सेली नेता÷कार्यकर्तामा निरासा सहित अन्यौल्ता छाएको अवस्था छ । पर्सा कांग्रेसबाट उम्मेदवारका लागी सिफारिस भइ प्रचार प्रसारमा समेत जुटिसकेका नेताहरुमा भने निरासा छाएको छ भने आम कार्यकर्तामा क–कसले बागी उम्मेदवारी दिने हुन वा पार्टी छोडेर जाने हुन यी यस्तो अवस्थामा पर्सामा कांग्रेस निकै कम्जोर हुने अवस्था उत्पन्न भएको एक कांग्रेसी नेताले आफ्नो नाम उल्लेख नगर्ने सर्त बताएका छन । कांग्रेस वृतमा चर्चा पनि यस्तै छ ।
पर्सेली कांग्रेसी नेताहरुले क्ष्ँेत्र नं. २, ३ र ४ नेपाली कांग्रेसले पाउने अपेक्षा गरेका थिए जस अनुसार क्षेत्र नं. २ बाट अजय चौरसिया वा राजेन्द्र बहादुर अमात्य, क्षेत्र नं. ३ बाट सुरेन्द्र चौधरी र क्षेत्र नं. ४ बाट रमेश रिजालले टिकट पाउने पक्का पक्किनै ठानेका थिए सोही अनुरुप प्रचार प्रसारमा पनि जुटेका थिए तर सहमती भने त्यसको ठिक उल्टो भए पछि निरासा सहित नेतृत्व प्रति आक्रोसित पनि पर्सेली कांग्रेसीहरु देखिएका छन ।
यता नेकपा एमालेमा भने उत्साह छाएको अवस्था छ । पर्सा क्षेत्र नं. १ मा एमालेबाट वासरुद्दीन अन्सारीको नाम चर्चामा रहे पनि अन्य कोही मजबुत तथा स्वक्ष ब्यतित्व आए उनैले टिकट पाउने एमाले श्रोतको दावी छ । त्यसै गरी क्षेत्र नं. २ बाट वीमनपाका निवर्तमान मेयर विजय सरावगीले टिकट पाउने पक्का पक्कि भनिन्छ ।
क्षेत्र नं. ३ बाट एमालेका नेता राजकुमार गुप्ताको उम्मेदवारी पनि निश्चित नै रहेको एमाले नेताहरुको दावी छ । क्षेत्र नं. ४ बाट भने जय प्रकाश थारु र जालिम मियाँको नाम चर्चामा रहे पनि लोसपा संग तालमेल भए प्रतिनिधिसभामा लक्षमनलाल कर्णको उम्मेदवारी पर्दा थारु र मियाँ प्रदेशसभाका लागी उम्मेदवारी दिने चर्चा पनि व्यापक छ ।
एमाले जनमा उत्साह छाउनुको मुख्य कारण भने कांग्रेसीहरुमा देखिएको निरासा र नेतृत्व प्रतिको आक्रोसले गठबन्धन प्रति वितृष्णा उत्पन्न हुंदा उनिहरु मौन बसे एमालेलाई फाइदा हुने आंकलन गरेका छन ।
जसपा भने ढुक्क छ । किन भने गठबन्धन कै कारण वीरगंज महानगरपालिकामा उत्साहजनक मतले जसपाका उम्मेदवार विजय भएका थिए भने पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा यी ३ क्षेत्र जसपाले नै जितेका थिए । तर क्षेत्र नं. १ र २ मा जसपालाई ढुक्क हुने अवस्था रहे पनि क्षेत्र नं. ३ मा भने भ्रष्टाचारी ठहर हरिनारायण रौनियारकी छोरीको उम्मेदवारीले एमालेलाई बलियो बनाएको अवस्था छ ।
कांग्रेसको तर्फबाट क्षेत्र नं. ४ बाट रमेश रिजालको उम्मेदवारी भने तय मानिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -