spot_img

सस्तो बजार २०७९ संचालन



वीरगंज, १० असोज ।
वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको सस्तो बजारको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गर्नु भयो ।
संघद्वारा आयोजित एक कार्यक्रम विच दशैं सस्तो बजार २०७९ को प्रजिअ ढकालले उदघाटन गर्दै संघले आयोजना गरेको सस्तो बजारबाट वीरगंज लगायत आसपास क्षेत्रका आम सर्वसाधारणहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाले संघले सर्वसाधारलाई लक्षित गरी दशैंको अवसर पारेर आयोजना गरेको दशैं सस्तो बजार सञ्चालन गर्ने कार्य एकदमै सराह्नीय रहेको बताउनुभयो ।
प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालीहरुको महान चांड बडादशैंको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगंज उद्योग वाणिज्य संघले संयुक्त रुपमा आयोजना गरेको सस्तो बजार सात दिनसम्म लाग्ने छ ।
“दशैं सस्तो बजार २०७९” बजार घटस्थापनादेखि पूmलपातीसम्म आयोजना हुने बताइएको छ । सस्तो बजारमा दैनिक उपभोग्य सामग्री सहितको १९ वटा स्टलहरु राखिएको छ ।
सो अवसरमा संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले दैनिक उपभोग्य वस्तुहरु सुपथ मूल्यमा एकैथलोमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको बताउनु भयो ।
उहाले दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरु एकैथलोमा सुपथ मूल्यमा उपलब्ध भइरहेकोले यस्ता सामग्री खरिद गरी लाभान्वित हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रिमा साह, संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सहसचिव अनोज रुंगटा, उद्योग विभागका दिलीप साह, स्थानीय व्यापारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर