वीरगंज, १० असोज ।
वीरगंज महानगरपालिका वडा नं. २ छपकैया ईदगाह चोकमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
सोमवार विहान साढे ६ बजे मेघ गर्जन सहित परेको चट्याङ लागेर १५ वर्षीय एक किशोरको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन ।
वीमनपा वडा नं. २ ईदगाह चोक स्थित छठिमाई पोखरीको नजिक रहेको अवस्थामा चट्याङ लागेर घाइते भएको सुचनाको आधारमा नजिकै डियुटीमा रहेका प्रहरीले उनिहरुलाई उद्दार गरी नारायणी अस्पताल वीरगंजमा लैजांदा घाइते मध्ये वीमनपा वडा नं. २ बस्ने राम प्रसाद उपाध्यायको १५ वर्षीय छोरा सिद्दान्त उपाध्यायलाई चिकित्सकले मृत घोसित गरेको प्रहरीले जनाएको छ ।
अन्य दुई जना घाइतेहरु स्थानीय साविर हुसेनकी श्रीमती कुलनेसा खातुनको अवस्था समान्य रहेको छ भने वीमनपा वडा नं. ४ बस्ने भिखारी राउतको १३ वर्षीय छोरा अर्जुन राउत गम्भिर घाइते रहेकाले सघन उपचारको लागि नेशनल मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यसै गरी सोमवार विहान साढे ६ बजेको समयमा न चट्याङ लागेर पर्सा जिल्ला विन्दवासिनी गा.पा. वडा नं. ४ अमरपट्टिका २६ वर्षीय कुन्दन दास घाइते भएको छ ।
शौचालय जाने क्रममा चट्याङ लागेर घाईते भएको दासको नारायणी अस्पताल वीरगंजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर एकको मृत्यु, ३ घाइते
Facebook Comments Box