जनकपुरधाम, ०९ असोज ।
सशस्त्र प्रहरी बलले धनुषा जिल्ला स्थितबाट अवैध चाँदी सहित एक भारतीय नागरिकलाई पक्राउ गरेका छ ।
सशस्त्र प्रहरी बल विओपी जटहीबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको साइकलमा सवार भारत बिहार मधुवनी जिल्लाको सुट्ठी गाउको चन्द्रकान्त झालाई १९ किलो अवैध चाँदी सहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बलको टोलीले झालाई धनुषा जिल्ला नगराई नगरपालिका वडा नं. २स्तिथ जटही पक्राउ गरेको हो ।
शरीरको विभिन्न भागमा लुकाएर साइकल सवार भइ भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा चेकजाँच गर्दा झाको साथबाट १९.४१७ केजी चाँदी बरामद भएको सशस्त्र प्रहरी बल जटहीका सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिनु भयो ।
झाबाट बरामद गरिएको १९.४१७ किलो चा“दीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० मुल्यांकन गरी आवस्यक कारवाहीको लागी पक्राउ परेका भारतीय नागरिक झालाई आवश जनकपुर भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।
अवैध चाँदी सहित भारतीय नागरिक पक्राउ
Facebook Comments Box
सम्बन्धित खबर