वीरगंज, ०८ असोज ।
तत्कालिन हिन्दू युवा संघका अध्यक्ष स्वर्गिय काशी तिवारीको शालिक अनावरण गरिएको छ ।
विश्व हिन्दू परिषद नेपालले वीरगंज महानगरपालिका वडा नं. १० घडिअर्वा स्थित शिवपार्वती मन्दिर अगाडी निर्माण गरिएको स्वर्गिय तिवारीको शालिक शनिवार अनावरण गरिएको हो ।
विश्व हिन्दू परिषद नेपाल, पर्साले आयोजना गरेको एक कार्यक्रम विच अनन्त श्रीविभूषित स्वामी धतुर्भुजाचार्य चुडामणिजी महाराजले स्वर्गिय तिवारीको शालिकको अनावरण गर्नु भयो ।
सो अवसरमा धर्तुर्भुजाचार्य चुडामणिजीले विश्व हिन्दू परिषले धर्म, संस्कृति र राष्ट्रको रक्षाको निम्ती बलिदानी दिएका स्वर्गिय काशी तिवारीलाई उचित मुल्यांकन गरी सम्मान गरेकोमा गर्भावान्वीत भएको बताउनु भयो ।
उहाले हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउनेलाई सहयोग गर्र्नुपर्नेमा जोड दिंदै हिन्दू विरोधीहरुलाई समाजबाट नै बहिष्कार गर्न सुझाव दिनु भयो ।
हामी हिन्दूहरु राष्ट्रको गौरव र देशको सम्मान र सत्रुको लागि मरिमेट्नु पर्छ, भन्दै उहाले महाभारतको युद्धमा अर्जुन पन्चपाण्डवले धर्म रक्षा र न्यायको रक्षाको लागि लडेका थिए । जसमा अर्जुनले आफनो विर योद्धाहरुको बलिदानी दिएको उदाहरण प्रस्तुत गर्नु भयो ।
नेपाल राष्ट्रले पनि विर सपुत काशी तिवारी जस्तो महान योद्धालाई आहुती दिएर राष्ट्र, धर्म संस्कृति निर्माणको अभियान शुरु भएको छ । देशकाल परिस्थितीले एतिहास बनाउछ, वीरगजबाट नै देशलाई पुनः हिन्दू राष्ट्र कायम गराएर नया“ एतिहास बनाउनु छ भन्नु भयो ।
देशमा परिर्वतनको शुरुवात भईसकेको छ, भन्दै उहाले हिन्दू धर्म विरोधी नेता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई संसद बाहिर लखेट्नु पर्छ भन्नु भयो ।
हामी एक तर्फ धर्म विरोधको पक्षमा लागेका छौ, र अर्को तर्फ धर्मको रक्षाको लागि हिडिरहेका छौ, यो प्रवृति गलत हो हिन्दू र राष्ट्र विरोधी नेताहरुको खुलेर विरोध गर्नुपर्छ । धर्म र राष्ट्रको लागि मरिमेट्ने प्रवृति देखिएन भने धर्म संस्कार, राष्ट्रीयता हराएर जान्छ त्यसैले समयमै सचेत भएर सम्पूर्ण सनातनी एक हुन आवश्यक छ भन्नु भयो ।
कार्यक्रममा विश्व हिन्दू परिषद नेपालका महासविच जितेन्द्र कुमार सिंहले हिन्दू राष्ट्र कायम गराउने अभियानमा लागेका स्वर्गिय काशी तिवारीले पु¥याएको योगदानको बारेमा चर्चा गर्दै उहाले हिन्दू राष्ट्र पुनस्थापनाको निम्ती दिएको बलिदानी खेर हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा वरिष्ठ समाजसेवी एवं उद्योगपति अशोक बैद्यले अहिले पनि नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र छ र रहने बताउनु भयो ।
उहाले विगतमा राजनितिक व्यक्तिहरुले आफनो स्वार्थका लागि नेपाललाई जबरजस्ती धर्मनिरपेक्षता लादेको आरोप लगाउदै राजनितिक दलले जनताको मत विना नै ल्याएको धर्मनिरपेक्षता हिन्दू समाजलाई कुनैपनि हालतमा मान्य नहुने बताउनु भयो ।
उहाले धर्मनिरपेक्षताको लागि देशमा कुनै आन्दोलन भएको होईन, नेताहरुले जबरजस्ती धर्मनिरपेक्षता लादेका हुन । हिन्दू संगठित भएमात्र हिन्दू राष्ट्र पुन कायम गराउन सकिन्छ । त्यसैले सम्पूर्ण हिन्दू समाज श्री रामको आवाजको साथमा अगाडी बढ्नु पर्छ भन्नु भयो ।त्यसै गरी कार्यक्रममा बाबा बजरंगी दासले जातीय समिकरण गरेर राजनितिक लाभ लिने काम मात्र भईरहेको भन्दै जातिय स्वार्थभन्दा माथि उठेर समग्र हिन्दू समाज एकजुट भएमात्र नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउन सकिने बताउनु भयो ।
वीमनपा वडा नं. १० का पूर्व वडा अध्यक्ष राम नगिना साहको अध्यक्षतामा आयोजित शालीक अनावरण कार्यक्रममा शिवपार्वती धर्मशालाका अध्यक्ष परमानन्द साह, स्वर्गिय काशी तिवारीकी पत्नी बबिता तिवारी लगायतको स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।
तिवारीको नेकपा माओवादीबाट २०६७ असार १२ गते हत्या भएको थियो
स्वर्गिय तिवारीको २०६७ असार १२ गते नेकपा माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेको थियो । जनआन्दोलनको फाईदा उठाउदै तत्कालिन नेकपा माओवादी सहितको सात दलले युरोपियन मुलुकको प्रभावमा परि जनताको मत नै नबुझि विश्वको एकमात्र हिन्दू राष्ट्र देश नेपाललाई धर्मनिरपेक्षता घोषणा गरेसंगै देशभरी नै धर्मनिरपेक्षता खारेजीको मांग उठेको थियो ।
२०६७ सालामा हिन्दू युवा संघले पनि वीरगंजमा हिन्दू राष्ट्र कायम गराउन चरणबद्ध आन्दोलनको कार्यक्रम शुरु गरेको थियो । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका सात दलले जबरजस्ती ल्याएको धर्मनिरपेक्षता खारेजीको मांग गर्दै सात दल विरुद्ध दिनहू वीरगंजमा जुलुस नारा सहित प्रदर्शन हुंदै आएको थियो ।
सोही क्रममा तत्कालिन नेकपा माओवादीले हिन्दू युवा संघको आन्दोलनको कार्यक्रमलाई चुनौती दिदै २०६७ बैशाखको दोश्रो साता वीरगंजमा साताव्यापी आमहड्तालको आह्वान गरेको थियो । हिन्दू राष्ट्रको पक्षमा हिन्दू युवा संघको आन्दोलन जारी रहेकै बेलामा माओवादीले घण्टाघर चौकमा मन्च बनाई विरोधको कार्यक्रम गईरहंदा दुवै पक्षविच झडप भएको थियो ।
स्थिती भयावह हुदै गएपछि व्यापक रुपमा
परिचालन गरिएको प्रहरीले लाठी चार्ज गर्दा दुवै समूहका दर्जनौ कार्यकर्ता घाईते भएको थियो । घट्ना पश्चात स्थिती केहि दिनसम्म साम्य भएको थियो । २०६७ असोज १२ गतेका दिन हिन्दू युवा संघको अध्यक्ष काशी तिवारी घडिअर्वा स्थित शिवपार्वती धर्मशामा छलफल पश्चात मन्दिर अगाडी उभिएको अवस्थामा मोटरसाईकलमा आएको माओवादीका हतियारधारी समूहले उनीमाथि अन्धाधुन गोली प्रहार गरेको थियो ।
गम्भीर घाईते भएका तिवारीलाई तत्काल उद्दार गरी नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा पु¥याउदा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रानीघाटबाट २०६७ भदौ २१ गते माओवादी कार्यकर्ता अमन कुशवाहालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका कुशवाहले तत्कालिन माओवादी नेता प्रभु साहको योजनामा उनकै स्वकीय सचिव फिरोज भनिने सियाराम कुशवाहले गोली प्रहार गरेको र आफूले रु.२ लाख पाउने शर्तमा सियारामलाई पछाडि राखेर मोटरसाइकल मात्र चलाएको बयान अदालतमा दिएका थिए ।
स्व. तिवारीको शालिक अनावरण
Facebook Comments Box