मकवानपुर, ६ असोज (रासस)
मकवानपुरको भीमफेदी गाउफ्पालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउफ्सो सवारी दुर्घटना हुफ्दा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।
काठमाडौफ्बाट हेटौफ्डा आउफ्दै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुफ्दा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । उहाफ्का अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् । दुर्घटनामा परेर छ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा परेर मृत्यु भएकाको हाल पहिचान खुल्न सकेको छैन । उक्त बसमा ३५ जना सवार थिए । अन्य घाइतेलाई उपचारका लागि हेटौफ्डा अस्पतालतर्फ ल्याइएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमसहितको टोली पुगेको छ । उक्त घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
भीमफेदीमा सवारी दुर्घटना हुफ्दा सात जनाको मृत्यु
Facebook Comments Box