वीरगंज, ०६ असोज ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी लत्ताकपडा, औषधी, हार्डवेयर तथा खुद्रा सामाग्रीहरू लोड रहेको तीन ट्रकहरू नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको छुट्टा–छुट्टै टोलीले २ करोड ६० लाख मुल्य बराबरको लत्ताकपडा, औषधी, हार्डवेयर तथा खुद्रा सामाग्रीहरू लोड रहेको तीन ट्रकहरू नियन्त्रणमा लिएको हो ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधवार राती ११ः२० बजे वीरगंज महानगरपालिका वडा नं.०८ घण्टाघर चोक स्थित सडकखण्डमा ना.६ ख ३३७३ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा श्री नेपाल ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको तथा इलष्लिभ ख्ऋत्क् विल साथमा नरहेकाले उक्त ट्रक नियन्त्रणमा लिईएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी सूचना कै आधारमा जिप्रकाबाट खटिएको टोलीले बुधवार राती ११ः२० बजे नै वीमनपा वडा नं.०८ माईस्थानचोक स्थित सडकखण्डमा ना.७ ख ६८७५ नम्बरको मालवाहक मिनी ट्रकलाई रोकेर जाँच गर्ने क्रममा श्री पशुपति ट्रासपोर्टबाट पठाईएको मिनी ट्रकमा विल बिजक संकास्पद देखिएको तथा इलष्लिभ ख्ऋत्क् विल साथमा नरहेकाले उक्त ट्रक नियन्त्रणमा लिईएको जिप्रकाले जनाएको छ ।
जिप्रकाको टोलीले नियन्त्रणमा लिएको ना.६ ख ३३७३ नम्बरको ट्रकमा रहेको मालसामानको रू. ९१ लाख ५१ हजार ८ सय २२ र ना.७ ख ६८७५ नम्बरको मिनी ट्रकमा रहेको मालसामानको रू. ५० लाख ३९ हजार १ सय २४ मूल्यांकन गरी आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जनाइएको छ ।
त्यस्तै वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले पनि बुधवार राती साढे ११ बजे बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले बुधवार राती वीमनपा वडा नं.१० ग्रिनसिटी चोक स्थित सडकखण्डमा ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा श्री भैरव ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू समेत फेला परे पछि उक्त ट्रक नियन्त्रणमा लिईएको जिप्रकाले जनाएको छ ।
उक्त ट्रकमा रहेको मालसामानको रू. १ करोड १८ लाख ७६ हजार ६ सय ९१ मूल्यांकन गरी आवश्यक कारवाहीको लागि बिहिबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको समेत जिप्रकाले जनाएको छ ।
२ करोड ६० लाख मुल्य बराबरको मालसामान लोड तीन ट्रक नियन्त्रण
Facebook Comments Box