पथलैया, ०६ असोज ।
लागु औषध गाँजा बोकेको अटो सहित बारा प्रहरीले दुई जनालाई पक्राउ गरेका छ ।
प्रहरी चौकी पथलैयाको टोलीले बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकबाट तीन बोरा आगु औषध गाँजा लोड रहेको अटो सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी पथलैयाका प्रमुख प्रसनी मनोज यादवको नेतृत्वमा खटिएको नियमित चेकजाँच टोलीले हेटौडाबाट सिमरा तर्फ आउदै गरेको ना १ ह ५८९३ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा अटो भित्र लुकाई राखिएको तीन प्लास्टिकको बोरा भित्र लागु औषध गाँजा ३२ किलो फेला परेको प्रहरीले जनाएको छ ।
लागु औषध गाँजा फेला परेपछि अटो सहित चालक मकवानपुर जिल्ला हेटौडा उमनपा वडा नं. १९ बस्तिपुरको ४१ वर्षीय हिरालाल स्याङतान र अटोमा सवार सोही स्थानकी ३५ वर्षीया लक्ष्मी मुक्तानलाई नियन्त्रणमा लिइएको प्रसनी यादवले जानकारी दिनु भयो ।
लागु औषध गाँजा, अटो र पक्राउ परेका दुई जनालाई थप अनुसन्धान तथा कारवाहीको लागी इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको जनाइएको छ ।
लागु औषध गाँजा सहित दुई जना पक्राउ
Facebook Comments Box
सम्बन्धित खबर