वीरगंज, ०५ असोज ।
खाद्यान्न सामग्रीको आयात निर्यात गर्ने इजाजत लिएर अनेकौं वैध–अवैध कार्य गर्ने वीरगंजका चर्चित व्यवसायी भिखमचन्द अग्रवालको कार्यालयमा राजश्व अनुसन्धान विभागको टोलीले छापामारी गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १० लाठगल्ली स्थित घरमा रहेको कार्यालयमा राजश्व अनुसन्धान विभागको टोलीले छापामारी गरेको हो ।
विभिन्न व्यापारिक फर्मको नाममा खाद्यान्न कारोबारको आडमा कपडा, सुर्तीजन्य पदार्थ लगायतको समेत कारोबार गरेको सूचनाहरू प्राप्त भएपछि राजश्व अनुसन्धान विभागको टोलीले एक महिना अगाडी मुकेश अग्रवालको वीरगंज, विर्तामोड र काठमाण्डौस्थित कार्यालयमा एकसाथ छापामारी गरेर फाइलहरू नियन्त्रणमा लिएको थियो भने बुधवार भिखम चन्द मारवाडी (अग्रवाल)को फर्ममा पुगेका राजश्व अनुसन्धान विभागको टोलीले विभिन्न फाइलहरू नियन्त्रणमा लिएको बुझिएको छ ।
त्यस्तै छाता व्यवसायमा एकछत्र राज गर्दै आएका वीरगंजका अर्का व्यवसायी सुशील मित्तलको वीरगंजस्थित व्यापारीक फर्म न्यू लक्ष्मी ट्रेडर्सको कार्यालयमा पनि राजश्व अनुसन्धान विभागको टोलीले छापामारी गरी कागजातहरू नियन्त्रणमा लिएको थियो । गत भदौ महिनामा फाइल नियन्त्रणमा लिएपछि भिखम चन्द अग्रवाल र मित्तलहरूले कारवाहीबाट बच्न एमालेका ठूलै नेताको शक्ति एवं मोटो रकमको प्रयोग गरेको स्रोतबाट जानकारी हुन आएको छ ।
सो सम्बन्धमा भिखम चन्द मारवाडी अग्रवालका छोरा अभिषेख अग्रवालस“ग बुझ्दा आफूहरू एक नम्बर कारोबारी रहेको र राजश्व अनुसन्धानको कुनै छापा नपरेको दाबी गरे । अभिषेखले आप्mनो गुडवीलबारे दुष्प्रचार गर्न कसैले भ्रम फैलाएकोले त्यसमा कुनै सत्यता नरहेको दाबी समेत गरे । उता छाता कारोबारमा एकछत्र साम्राज्य स्थापना गर्न सफल न्यू लक्ष्मी ट्रेडर्सका सुशील मित्तलले भने आप्mनो फर्ममा राजश्व अनुसन्धान विभागको छापा परेको र विभागले कागजातहरू नियन्त्रण लिएको कुरा सत्य भए पनि कारवाहीबाट बच्न आफूले कुनै आर्थिक वा दलीय शक्ति प्रयोग नगरेको बताए ।
यता स्रोतबाट प्राप्त जानकारी अनुसार अवैध सट्टाबाजी, हुण्डी कारोबार, सुपारी लगायतका खाद्यान्न र सोको आडमा सुर्तीजन्य गुट्खा कारोबारमा महारथ हासिल गरेका मुकेश अग्रवालले एमाले पार्टीका पूर्व अर्थमन्त्रीस“गको निकटतम सम्बन्ध रहेको भन्दै राजश्व विभाग समेतको आ“खामा छारो हालेर अवैध धन्दालाई तीव्रता दिइरहेका छन् ।
कालाबजारीयाहरूले राजश्वका कर्मचारीलाई प्रभावमा पारेर आफू मोटाउने तर देशको आर्थिक अवस्थालाई खस्काउने अभियानमा अंकुश नलगाउने हो भने देश निकट भविष्यमै श्रीलंकाको अवस्थामा पुग्ने भन्दै जानकारहरूले चिन्ता व्यक्त गरेका छन् ।
भिखमचन्द अग्रवाल (मारवाडी)को कार्यालयमा राजस्वको छापा
Facebook Comments Box