वीरगंज, ०४ असोज ।
राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) को १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बागमती प्रदेश राजधानी हेटौंडामा आयोजित आयोजित साधारणसभाबाट २५ सदस्यीय कार्यसमिति चयन भएको हो ।
एनबिआईको चयन कार्यसमितिको सदस्यमा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार वैद्य पुनः चयन हुनु भएको छ ।
साधारण सभामा वैधले एनबिआईको कार्यसमिति सदस्यको रुपमा रहेर गरेको कार्यको मूल्यांकन गर्दै पुनः कार्यसमिति सदस्यमा चयन गरेको प्रति आपूm आभारी रहेको र संस्थाको उद्देश्य एवम् लक्ष्य पूरा गर्नको लागि आपूmले सक्दो सहयोग गर्ने बताउनुभयो ।
वरिष्ठ उद्योगपति एवम् सफल व्यवसायी अशोक कुमार वैद्य उद्योग, व्यापारको विकासको साथै विभिन्न सामाजिक कार्यमा सक्रिय रहंदै आउनु भएको छ ।
एनबिआईको कासमा बैद्य पुनः चयन
Facebook Comments Box