वीरगंज, ०४ असोज ।
राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले मुक्त हरवाचरवा, हलिया र कमैयाको पुनस्र्थापनाका लागि थप आन्दोलन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले मुक्त हरवाचरवा, हलिया र कमैयाको पुनस्र्थापनाका लागि थप आन्दोलन गर्न आगामी ३ महिनाका लागि संघर्षका कार्यक्रमहरु तय गरेको हो ।
असोज १ गतेदेखि ३ गते सम्म बांके जिल्ला नेपालगंजमा सम्पन्न भएको कृषि बधुवा मजदुरहरुको संयुक्त जनवकालत रणनिति कार्यशाला गोष्ठी तथा समिक्षा बैठकबाट संघर्षका कार्यक्रम तय गरिएको जनाइएको छ ।
संघर्षका कार्यक्रम अन्तरगत असोज ८ देखि १० गते सम्म आसन्न प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनलाई लक्षित गरेर चुनावी घोषणापत्रमा कृषि बधुवा मजदुरहरुः मुक्त हरवाचरवा, हलिया र कमैयाका सवालहरु सम्बोधन गराउन बिभीन्न राजनितिक दलहरुको केन्द्रीय र प्रदेश समितिहरुमा ध्यानआर्कषण पत्र पेश गर्ने, कार्तिक महिनाभरी मधेस प्रदेशमा मुक्त हरवाचरवाको सवाल, लुम्बिनी प्रदेशमा मुक्त कमैयाको सवाल र सुदूरपश्चिम प्रदेशमा मुक्त हलिया तथा कमैयाको सवालमा केन्द्रीत भएर प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरु संग १५ जिल्लाहरुमा छलफल गर्ने, असोज ११ गते मुक्त हरवा चरवा, हलिया र कमैया पुर्न्स्थापनाको मोडालिटीबारे संघीय सरकार भूमिब्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसंग अन्तरक्रियाको आयोजना गर्ने तथा मुक्त हरवा चरवा, छुट हलिया तथा कमैयाहरुको लगत संकलन, प्रमाणीकरण, परिचयपत्र बितरण मार्फत न्यायिक पुनस्र्थापनाका लागि निरन्तर रुपमा सम्बन्धित मन्त्रालय र आयोगहरुमा दबाव श्रृजना गरिने राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिका संयोजक दशनलाल मण्डलले जानकारी दिनु भयो ।
कृषि बधुवा मजदुरहरुको संयुक्त जनवकालत रणनिति कार्यशाला गोष्ठी तथा समिक्षा बैठकमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट कृषि बधुवा मजदुरहरुः मुक्त हरवाचरवा, हलिया र कमैया संगठनहरु तथा बिकास सांझेदारको सहभागिता रहेको थियो ।
राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिद्वाराः तीन महिने संघर्षका कार्यक्रम सार्वजनिक
Facebook Comments Box