वीरगंज, ०३ असोज ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ता “प्रबल जनसेवाश्री” पदकबाट विभूषित हुनु भएको छ ।
पर्सा–बारा क्षेत्रको उद्योग, व्यापारको विकास, विस्तार, सम्बद्र्धन र प्रबद्र्धनमा विशिष्ठ योगदान पु¥याए वापत नेपाल सरकारबाट संविधान दिवसको अवसरमा डा. गुप्तालाई सो पदक दिइएको हो ।
लामो समयदेखि उद्योग व्यापार क्षेत्रमा सक्रिय रहनु भएका डा. गुप्ता निजीक्षेत्रको नेतृत्वदायी भूमिकामा छन् । उहाले सामाजिक सेवा भाव तथा आम जनहितकारी कार्यमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ का बखत नारायणी अस्पतालमा ३० शैयाको वातानुकूलित सघन उपचार ईकाई निर्माण, पोखरिया अस्पतालको लागि शल्य चिकित्सा कक्षको स्तरोन्नती र सघन उपचार कक्षको स्तरोन्नती, आम सर्वसाधारणमा कोभिड सुरक्षा सामग्रीहरुको वितरणको लागि विभिन्न सामाजिक संस्थाहरुलाई ति सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै कोभिड १९ उत्कर्षमा रहेका बेला कोभिड संक्रमितहरुको उपचारको व्यवस्था गर्ने, उनीहरुको लागि क्वारेन्टाईनको प्रबन्ध गर्ने लगायतका कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
वीउवासंघका अध्यक्ष डा. गुप्ता प्रबल जनसेवाश्रीबाट विभूषित भएकोमा यस क्षेत्रका उद्योगी, व्यवसायीहरु थप उत्साहित भएका छन् ।
डा. गुप्ता वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष रहनुका साथै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य, नेपाल चामल, दाल, तेल उद्योग संघका केन्द्रीय अध्यक्ष समेत रहनु भएको छ ।
वीउवासंघका अध्यक्ष डा. गुप्ता “प्रबल जनसेवाश्री” बाट विभूषित
Facebook Comments Box